नयाँ पृष्ठ लेख्ने! ब्रासिलियामा चीन-ब्राजिल सम्बन्ध स्थापनाको ५०औँ वार्सिकोत्सवको अवसरमा साँस्कृतिक आदानप्रदान गतिविधि आयोजित
2024-11-21 14:36:20CRI
Share with:

नोभेम्बर २० तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २० देशका नेताहरूको समूहको १९औँ शिखर सम्मेलनमा सहभागी हुनुभएको छ साथै ब्राजिलको राष्ट्रिय भ्रमण पनि गर्नुभएको सो अवसरमा चाइना मिडिया ग्रुप र ब्राजिल राष्ट्रिय सञ्चार संस्थाले संयुक्त रूपमा चीन-ब्राजिल सम्बन्ध स्थापना भएको ५०औँ वार्सिकोत्सवको अवसरमा ब्रासिलियामा साँस्कृतिक आदानप्रदान गतिविधिको आयोजना गरेको छ। ब्राजिलका राष्ट्रपति लुलाले सो गतिविधिका लागि बधाई पत्र पठाउनुभएको छ। ब्राजिलका रणनीतिक क्षेत्र, आर्थिक क्षेत्र, साँस्कृतिक क्षेत्र, अध्ययन क्षेत्र र सञ्चार माध्यम लगायत विभिन्न क्षेत्रबाट आएका २ सय भन्दा बढीका अतिथिहरू सो गतिविधिमा सहभागी भएका छन्।

चिनियाँ प्रसार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका प्रमुख शन हाइ स्यौङले उक्त समारोहलाई सम्बोधन पनि गर्नुभएको छ। उहाँले सम्बोधनमा चीन र ब्राजिल साझा इच्छा बोकेका असल साथी र हात मिलाएर अघि बढ्ने साझेदार भएको व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, राष्ट्राध्यक्ष सीले औँल्याउनुभए जस्तै बितेका ५० वर्षहरूमा, दुई देशले पारस्परिक विश्वास र सम्मानलाई सुदृढ पारेको छ, दुईटा ठूला विकासोन्मुख देशहरूले सहकार्य गर्ने र साझा भविष्यलाई नमुना बनाएका छन्। अन्तर्राष्ट्रिय नवीन मुख्य मिडियाको रूपमा, चाइना मिडिया ग्रुपले चीन र ब्राजिल बीचको जनताको साँस्कृतिक आदानप्रदानलाई अघि बढाउन प्रयास गरिरहेको छ।

उक्त गतिविधिको क्रममा, चीन र ब्राजिलको चलचित्र संस्कृतिको आदानप्रदानलाई गहिरो बनाउनका लागि चाइना मिडिया ग्रुप र रियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बीचमा सहकार्य दस्तावेज पनि आदान प्रदान गरिएको छ।