चिनियाँ राष्ट्राध्यक्ष सी विशेष विमानद्वारा ब्रासिलियाबाट प्रस्थान
2024-11-21 19:58:39CRI
Share with:

स्थानीय समयअनुसार, नोभेम्बर २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९औं जी-२० शिखर सम्मेलनमा भाग लिई ब्राजिलको राजकीय भ्रमण पूरा गर्नुभएपछि विशेष विमानद्वारा ब्रासिलियाबाट स्वदेश फर्कनुभएको छ।

ब्राजिलका कृषिमन्त्री, खानी तथा ऊर्जामन्त्री, बन्दरगाह तथा विमानस्थलमन्त्री र ब्रासिलिया एयर बेसका कमान्डर लगायतका वरिष्ठ अधिकारीहरुले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।