“यो नै चीन-ब्राजिल सम्बन्धको ऐतिहासिक क्षण हो।” “दुवै पक्ष बीच ३० भन्दा बढी सहयोगात्मक सम्झौता सम्पन्न भएको छ।” “दुवै देश सम्बन्धले नयाँ स्वर्ण ५० वर्षको शुभारम्भ गरेको छ।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २० तारिख ब्राजिलको राजकीय भ्रमण गर्नुभएपछि अन्तर्राष्ट्रिय समाजले त्यसप्रति उच्च ध्यान दिएको छ। पूर्वी र पश्चिमी गोलार्द्धमा रहेका दुई ठूला विकासोन्मुख मुलुकको हैसियतले चालु वर्ष चीन र ब्राजिलले दौत्य सम्बन्ध कायम भएको ५०औँ वार्षिकोत्सवलाई स्वागत गर्नुका साथै द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याइने महत्वपूर्ण सुअवसरसँग पनि भेटेका छन्।
राष्ट्राध्यक्ष सीले भावी चीन ब्राजिल सम्बन्धको विकासबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती प्रस्ताव यस प्रकार छन्: संयुक्त रूपमा भाग्य समुदायको निर्माण, संयुक्त विकास, जिम्मेवारी र कर्तव्य वहन र सँगै मिलेर दु:खसुखको उपभोग। ती प्रस्तावले चीन-ब्राजिल भाग्य एकरूपताको निर्माणका लागि सही दिशा देखाउनुका साथै नयाँ युगमा चीन-ब्राजिल सम्बन्धको विषयलाई यथेष्ट पारेका छन्। राष्ट्रपति लुलाले राष्ट्राध्यक्ष सीको यस भ्रमणले ब्राजिल चीन सम्बन्धको नयाँ ऐतिहासिक अध्यायको शुभारम्भ गरेको ठहर गर्नुभयो।
नयाँ शुरूवातमा उभिँदा चीन र ब्राजिल यी स्वर्ण पार्टनरले हातमा हात मिलाउँदै अझ सुमधुर विश्वको सिर्जना गर्दै जानेछन्।