चीनद्वारा फिसा फ्री मुलुक परिधिको विस्तार
2024-11-23 18:36:32cri
Share with:

चिनियाँ र विदेशी नागरिकबीच आवतजावतलाई अझ सुविधाजनक पार्नका लागि चीनले फिसा फ्री मुलुक परिधिको विस्तार गर्ने निर्णय गरेको छ। त्यसैगरी सन् २०२४ को नोभेम्बर ३० देखि सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म चीनले बुल्गेरिया, रोमानिया, क्रोएसिया, माण्टेन ग्रो, उत्तर मासेडोनिया, माल्टा, एस्टोनिया, लात्भिया र जापानका सामान्य राहदानी बोकेका व्यक्तिमाथि भीसा फ्री नीति अपनाउनेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

 

प्रवक्ता लिनका अनुसार, भिसा फ्री नीतिलाई झन् सुधार पार्नका लागि चीनले आदानप्रदानलाई भिसा फ्री भएर सीमाभित्र अध्यागमन गरिने कारण सूचिमध्ये राखी फ्री अवधिलाई वर्तमानको १५ दिनबाट ३० दिनसम्म लम्ब्याउने निर्णय गरेको छ।