पाँचौँ “सामुद्रिक सहकार्य र सञ्चालन मञ्च” नोभेम्बर २६ देखि २७ तारिखसम्म चीनको हाई नान प्रान्तको सान यामा आयोजना गरिनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले मञ्चमा सहभागी हुँदै उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
यस मञ्चको मुख्य विषयलाई ७ भागमा विभाजित गरिनेछ: १, विश्वव्यापी सामुद्रिक सञ्चालन। २, समुद्री भिडन्तको समाधान। ३, समुद्रको मिलिजुली व्यवस्थापन। ४, साझा सुरक्षा र अन्तर्राष्ट्रिय कानुनमा आधारित दक्षिण चीन सागर क्षेत्र परिपाटीको स्थापना। ५, सामुद्रिक पर्यावरणीय वातावरणको संरक्षण र समुद्री मत्स्य व्यवसायको दीगो विकास। ६, अखडा र समुद्रको भविष्य र ७, सामुद्रिक भाग्य एकरूपताको स्थापना।