सन् २०२४ को नोभेम्बर १३ देखि २३ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आमन्त्रित भई पेरूमा एशिया प्रशान्त आर्थिक सहकार्य संगठन (एपेक)को ३१औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुँदै पेरूको राजकीय भ्रमण गर्नुका साथै ब्राजिलमा जी-२० समूहका नेतागणको १९औँ शिखर सम्मेलनमा सहभागी हुँदै ब्राजिलको राजकीय भ्रमण गर्नुभएको छ। यी भ्रमण सम्पन्न भएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पत्रकारलाई सो भ्रमणको सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।
वाङ यीका अनुसार, दक्षिणी गोलार्धको शरद् ऋतुमा राष्ट्राध्यक्ष सीले लामो दूरी पार गरी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनपछि पहिलो ल्याटिन-अमेरिकी यात्राको शुभारम्भ गर्नुभएको छ। उहाँको यस भ्रमण पहाड र समुद पार गरिने मैत्रीपूर्ण यात्रा, सँगै मिलेर विकासलाई प्रबर्द्धन गरिने एकतावद्ध यात्रा र साझेदारी सम्बन्धको विस्तार गरिने सहयोगात्मक यात्रा नै रहेको उहाँले बताउनुभयो। यस भ्रमणले ठूला मुलुक बीच सम्बन्धको स्वस्थ र स्थिर विकासलाई अघि बढाउनुका साथै विश्वव्यापी दक्षिणको एकता र आत्मविश्वासलाई सबल पारेको पनि उहाँले बताउनुभयो।
सी चिनफिङको यस भ्रमणले चीनको उच्च गुणस्तरीय विकास र उच्च स्तरीय खुलापनको नयाँ स्पेस विस्तार गर्नुका साथै मानव भाग्य एकरूपताको स्थापना सम्बन्धी नयाँ वास्त्विकतालाई यथेष्ट पार्दै नयाँ युगमा चिनियाँ विशेषतायुक्त ठूलो देशको नयाँ कूटनीतिक वातावरणको पनि सिर्जना गरेको छ।
वाङ यीले राष्ट्राध्यक्ष सीको यस भ्रमणबाट ६ पक्षीय उपलब्धि प्राप्त भएको जानकारी दिनुभयो। ती ६ पक्षीय उपलब्धि यस प्रकार छन्: १, भ्रमणले एशिया प्रशान्त खुलस्त सहकार्यको नयाँ यात्राको शुभारम्भ गरेको छ। २, भ्रमणले विश्वव्यापी सञ्चालन र सुधारलाई ध्यानाकर्षणको विषयमा परिणत गरेको छ। ३, भ्रमणले आपसी हितयुक्त र साझा जीत हुने सहयोगात्मक नयाँ उदाहरणको सिर्जना गरेको छ। ४, भ्रमणबाट चीन ब्राजिल भाग्य एकरूपताको नयाँ अध्याय खुलेको छ। ५, विश्वव्यापी साझेदारी सम्बन्धका लागि नयाँ वातावरणको सिर्जना गरेको छ र ६, भ्रमणले चीनको उज्ज्वल भविष्यलाई विश्वसामु देखाएको छ।