प्राप्त जानकारी अनुसार, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले १९ तारिख एउटा वक्तव्य जारी गर्दै हङकङ राष्ट्रिय सुरक्षा ऐनको कार्यान्वयन गर्ने हङकङका अधिकारीमाथि नयाँ भिसा सीमितता लगाउने घोषणा गरेका छन्। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको केन्द्रीय सरकारले देशको सुरक्षाको संरक्षण गर्न, कानुन बमोजिम देश सुरक्षाका लागि खतरा हुने गतिविधिलाई दण्डित गर्न हङकङ विशेष प्रशासनिक क्षेत्रलाई दृढता साथ समर्थन गर्दै जाने औँल्याउनुभएको छ।
प्रवक्ता लिनका अनुसार, अमेरिकाले वास्तविक रूपमा चीनको सार्वभौमिकता र हङकङको कानुनी शासनको सम्मान गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभुत नियमको अक्षरश: पालना गरी कुनै पनि तरिकामार्फत हङकङ मामिलामा हस्तक्षेप नगर्ने कुरामा जोड दिनुभएको छ। यदि अमेरिकाले चीनको विरोधको बावजुद हङकङ विशेष प्रशासनिक क्षेत्रका सरकारी पदाधिकारीमाथि भिसा सीमितता लगाउने भएमा चीनले त्यसको दृढताका साथ प्रतिबन्ध लगाउने पनि प्रवक्ता लिनले बताउनुभएको छ।