एपेक, जी-२० र राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ स्वदेश फिर्ता
2024-11-23 16:42:47cri
Share with:

नोभेम्बर २३ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ एशिया प्रशान्त आर्थिक सहकार्य संगठन (एपेक)को ३१औँ नेतागणको अनौपचारिक सम्मेलन, जी-२० समूहका नेतागणको १९औँ शिखर सम्मेलनमा सहभागी हुनुका साथै पेरू र ब्राजिलको राजकीय भ्रमण सम्पन्न गरी विशेष विमानद्वारा पैचिङ फर्कनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरो स्थायी समिति सदस्य, केन्द्रीय कार्यालयका प्रमुख छाइ छी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी पनि राष्ट्राध्यक्ष सीका साथमा पैचिङ फर्किनुभएको छ।

 

कासाब्लान्कामा अस्थायी रूपमा विश्राम गरेपछि त्यहाँबाट मोरोक्कोका प्रधानमन्त्री अहनुशले विमानस्थल पुगेर राष्ट्राध्यक्ष सीलाई बिदाई गर्नुभएको थियो।