पेरूका राष्ट्रपति बोलुआर्टसँगको विशेष अन्तर्वार्ता
2024-11-23 17:05:50CRI
Share with:

पेरूका राष्ट्रपति बोलुआर्टसँगको विशेष अन्तर्वार्ता

 

पेरूका राष्ट्रपति डिना बोलुआर्टले राष्ट्राध्यक्ष सी चिनफिङले पेरूको भ्रमण गर्नुभएकोमा हार्दिक स्वागत गर्नुभएको छ। एशिया प्रशान्त आर्थिक सहकार्य संगठन एपेक आयोजक मुलुकको हैसियतले बहुपक्षीय चौतारोमार्फत विश्वव्यापीकरण हुने विश्वासलाई प्रबर्द्धन गर्नसक्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो। आफ्नो देशको वर्तमान अवस्थालाई परिवर्तन गर्न चीनको विकासबाट बुद्धिमत्ता सिक्ने अभिलाषा पनि उहाँले प्रकट गर्नुभयो।

 

१ वर्षभित्र लगातार ३ पटकगरी राष्ट्राध्यक्ष सीसँग भेटघाट गर्नुभएकोमा द्वीपक्षीय सम्बन्धलाई अझ गहन पार्ने सन्दर्भमा उहाँको के कस्तो प्रतिक्षा छ? स्वतन्त्र व्यापारिक सम्झौता सुधार गरिएको र चेन्गाई बन्दरगाह सञ्चालनमा आएको दृष्टिबाट चीन पेरू दुवै देश बीच सहयोगको निहित शक्तिबारे उहाँले कसरी मुल्याङ्कन गर्नुभएको छ? पेरू सन् २०२४ एपेकको वर्तमान अध्यक्ष मुलुक हो। यस सम्बन्धमा एशिया प्रशान्त सहकार्यलाई अघि बढाउने प्रक्रियामा चीनले सकारात्मक भूमिका निर्वाह गर्दै आएको विषयमा उहाँको के कस्तो विचार छ? लगायतका जिज्ञासामा पेरूका राष्ट्रपति डिना बोलुआर्टले राष्ट्रपति भवनमा चाइना मिडिया ग्रुपको सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।