चीनको राष्ट्रिय चलचित्र व्युरोको नेतृत्वमा चाइना मिडिया ग्रुप र हाई नान प्रान्तीय जन सरकारको संयोजकत्वमा छैठौँ हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ४ देखि १० तारिखसम्म सान या शहरमा आयोजना गरिनेछ। “महासागरदेखि दृष्टिकोण सहित” भन्ने यस महोत्सवको मुख्य नारा रहेको छ।
चलचित्र महोत्सव अवधिमा देशी र विदेशी गण्यमान्य अतिथिहरूले सान यामा भेला भई चलचित्रमार्फत चिनियाँ र विदेशी चलचित्र बीचको आदानप्रदान र सहकार्यलाई कसरी अघि बढाउने विषयबारे विचार विमर्श गर्नेछन्।
२४ तारिख छैठौँ हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य परिचय तस्वीर पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छ। “महासागरदेखि दृष्टिकोण सहित” भन्ने मुख्य नारा बमोजिम सिर्जित त्यस परिचय तस्वीर नै हाई नान टापुको विशेषतायुक्त भौगोलिक दृश्य र चलचित्रको कलात्मक शक्ति मिसिएको रोमन्टिक रचना रहेको छ।