गाजा युद्धमा “मानव जाति विरूद्ध अत्याचार र युद्ध अपराध” गरेको अभियोग लगाउँदै अन्तर्राष्ट्रिय अपराध अदालतले हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्नियाहु र पूर्व राष्ट्रिय प्रतिरक्षा मन्त्री योयाफ गालान्टमाथि पक्राउ आदेश जारी गरेको छ। नोभेम्बर २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले प्यालेष्टाइन समस्यामा चीनले सधैं नै अन्तर्राष्ट्रिय कानुन बमोजिम निष्पक्षता र न्यायका पक्षमा डटिरहेको भन्दै अन्तर्राष्ट्रिय मानव जाति ऐन लगायत अन्तर्राष्ट्रिय कानुन विपरीत हुने सबै खालका गतिविधिको चीनले विरोध गर्नुका साथै सर्वसाधारणलाई हानी पुर्याइने र निजामति प्रबन्धमाथि आक्रमण गरिने सबै कारवाईको निन्दा गरेको औँल्याउनुभएको छ।
अन्तर्राष्ट्रिय अपराध अदालतले निष्पक्ष र उचित अडानलाई कायम राख्दै कानुन बमोजिम अधिकारको सदुपयोग गरी एकीकृत मापदण्ड अनुसार “रोम नियम” र सामान्य अन्तर्राष्ट्रिय ऐनको ब्याख्या र कार्यान्वयन गर्नसक्ने आशा चीनले गरेको कुरामा पनि प्रवक्ता लिनले जोड दिनुभएको छ।