बेलायती नागरिक जेरी ग्रेको चीन बसाइको कथा-२
2024-11-25 10:09:09cri
Share with:

पछिल्ला दश वर्षमा ग्रेले ३५ हजार किलोमिटर साइकल यात्रा गरिसकेका छन्। सन् २०१९ मा उनी र उनकी पत्नी लियाङ युह्वाले सँगै यात्रा थालेर चीनको विशाल परिवर्तन पत्ता लगाउने कार्य जारी राखेका छन्। यसपटक साइकल चढ्ने क्रममा, पहिलेको दुर्गम पहाडी गाउँमा अब चौडा चार लेनको सडक पुगेको र आधुनिक निवास र विभिन्न प्रकारका रेस्टुरेन्टहरूको निर्माण भइरहेको ग्रेले देखे। २०१४ मा साइकल यात्रा समाप्त भएपछि, ग्रेले चीनमा आफ्नो साइकल यात्रा अनुभवलाई “५७ दिनको चीनको यात्रा” नामको एक चित्र पुस्तक प्रकाशित गरेका थिए। यसका साथै उनले कल्याणकारी रुपमा चन्दा संकलन पनि गरेका थिए। चोङशानमा अपाङ्गता भएका व्यक्तिहरूको विकास परियोजनाहरूलाई समर्थन गर्न सहयोग पुर्याउन उनले योगदान गरेका थिए।

“हामीले यो पुस्तक लेख्ने प्रेरणा, मुख्य रूपमा सम्झनालाई सँगै राख्न र मानिसहरुलाई हाम्रो गतिविधिहरू देखाउनका लागि हो। एउटा ठूलो देशको दुई टाढाको भागबाट क्रस गर्दै त्यसको कथा सुनाउन अत्यन्त गाह्रो काम हो। र यस पुस्तकले साँच्चै यसलाई हासिल गरेको छ, यसले देशको एक छेउबाट अर्को छेउसम्मको दृश्य प्रस्तुत गरेको छ। वास्तवमा, म यस पुस्तकलाई चीनप्रतिको चासो राख्ने हरेक व्यक्तिलाई सिफारिश गर्छु। आउनुहोस् र यसलाई हेर्नुहोस्, र हेरेपछि आफ्नो साथीहरूलाई यसको बारेमा बताउनुहोस्।”

ग्रेको घरमा उनले साइकल चढ्दा सङ्कलन गरेका थुप्रै स्मृतिका वस्तुहरू राखेका छन्। अहिले, ग्रे र उनका साथीहरूले नयाँ साइकल यात्राको योजना बनाएका छन्।

 

“हामी फेरि हरेक दिन साइकल चढ्न सुरु गरेका छौँ, पहिले हरेक दिन बढीमा २०-३० किलोमिटर चढ्ने गथ्र्यौँ, अब दैनिक ५० किलोमिटरको लक्ष्य बनाएका छौँ, यसरी हामी नयाँ योजनाका लागि राम्रोसँग तयारी गर्न सक्छौँ।”

 हालै, ग्रेले चोङशान शहरको सार्वजनिक सुरक्षा विभागको आवास प्रमाण पत्र हलमा पुगेर विदेशी नागरिकको स्थायी आवास पहिचान पत्रका लागि औपचारिक आवेदन दिएका छन्, जसलाई “पाँच तारे कार्ड”भनिन्छ।

 “म मान्छु कि अब ठीक समय आएको छ। म यहाँ २० वर्षदेखि बस्दैआएको छु, यदि मैले पाँच तारे कार्ड प्राप्त गर्न सफल भएँ भने, चीनभरि यात्रा गर्न मलाई थप सजिलो हुनेछ।”

 ग्रे विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूलाई चीनको बारेमा जानकारी दिन इच्छुक छन्, पश्चिमा व्यक्तिको दृष्टिकोणबाट आफ्नो व्यक्तिगत अनुभवहरूलाई प्रयोग गरेर वास्तविक चीनको कथाहरू सुनाउन आफू इन्छुक रहेको उनले बताए।