china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालीहरुको माहान् चाड बडादसै आज घरघरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ
    (GMT+08:00) 2007-10-15 16:45:43    

           भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागी शक्तिस्वरुपा महामाया भगवतिको आवाहन गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधाना गरेको विश्वासमा आज हिन्दू धर्मालम्वीहरुले आ आफना पूजाकोठा वा दसैघरमा विधिपूर्वक दियो , कलश र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरुबाट टिका ग्रहण गर्दा लगाईन्छ । दशैको टीका लगाउँदा अरु फूलको सट्टा समृद्धिको प्रतिक पहेलो जमरालाई प्रयोग गरिन्छ ।

                परम्पराअनुसार घटस्थापनाको उपलक्ष्मा आज हनुमान्ढोका दरबारमा रहेको दसै घरमा बैदिक विधिपूर्वक जमरा राखी महाकाली, कहालक्ष्मी , महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्मा नेपालभर बिहान घरघरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ ।

                बडादसैको उपलक्ष्मा आजैदेखी नेपालभरका शिक्षण संस्था र अदालतहरु कोजाग्रत पूणिमाको दिनसम्मका लागी बिदा गरिएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040