china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बडादसैको सातौं दिन आज नेपालभरी धार्मिक परम्पराअनुसार फूलपाती भीत्रीयाईएको छ
    (GMT+08:00) 2007-10-19 18:40:11    

              उखुको बोट , बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नया' पालुवालाई फूलपातीका रुपमा आजै शुभसाईतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरबाट विधिपूर्वक भित्रीयाईयो । त्यसैगरी भगवतीका अन्य मन्दिरमा पनि आज फुलपाती भित्रीयाईयो ।

                   परम्पराअनुसार गोर्खा दरबारको दसैघरबाट ल्याइएको फूलपाती आजै हनुमान्ढोकास्थित दसैघरमा भित्रीयाईन्छ । सो फूलपातीलाई गोर्खाबाट धादिड. जिल्लाको जीवनपुरसम्म दसैघरका पुजारीसहित 6 जना मगर जातिका पुजारीले र त्यहा'देखी जमलसम्म काठमाडौंबाट गएका पुजारीले बोकेर ल्याउ'छन् । हनुमान्ढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो फूलपाती हनुमान्ढोकास्थित दसैघरमा ल्याइन्छ । फूलपाती लिन ब्यान्डबाजा, गुरुज्यूको पल्टन, पन्चैबाजा सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली , सांस्कृतिक नाचगानटोली, निजामती कर्मचारी ,सैनीक र प्रहरीहरु सम्मिलित हुन्छन् ।

                   नेपाली सेनाद्धारा टु'डिखेलमा आयोजित बढाइ' समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाति हनुमान्ढोकामा भित्रियाइन्छ ।

                   यसैगरी नेपालका प्राय सम्पूर्ण जिल्लामा लिङ्गेपीड.र रोटेपीड. मा मानिसहरु मच्चीरहेका छन् भने बजारहरुमा नयाँ लुगा र बिभिन्न खाद्यसामग्री किन्नेहरुको भिड लागेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040