china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले नेपालको मैत्रीपूर्ण भ्रमण गर्नुहुने भएको छ
    (GMT+08:00) 2007-11-26 18:17:02    

             चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री वा जिवारुइले नेपालको पाँच दिने मैत्रीपूर्ण भ्रमण गर्नुहुने भएको छ ।

                  महामहिम वाङ्गले नेपाल सरकारको निमन्त्रणामा नोभेम्बर 30 तारिखदेखि नेपालको भ्रमण गर्न लाग्नु भएको काठमाडौँस्थित चिनियाँ दूताबासले सि.आर.आई.लार्य जानकारी गराएको छ ।

                   चिनियाँ दूताबासले दिएको जानकारी अनुसार नेपाल भ्रमणका क्रममा उपमन्त्री वाङ्गले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख सुवासचन्द्र नेम्बारु नेपाल कम्युनिष्ट पार्टीका महासचिव माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा शान्ति तथा पुन:निर्माण मन्त्री रामचन्द्र पौडेलसँग भेटघाट गगर्ने कार्यक्रम रहेको छ ।

                  उपमन्त्री वाङ्ग नेतृत्व गर्नुहुने सात सदस्यीय प्रतिनिधिमण्डलले भ्रमण अवधिममा काठमाडौँस्थित विभिन्न ऐतिहासिक एवंऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

                  नेपालको असल छिमेकी मित्रराष्ट्र रुपमा रहेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेपामा हुन लागेको भ्रमणलाई पर्यवेक्षकहरुले उच्च महत्वका साथ हेरेका छन् । भ्रमण क्रममा आपसी हितका विविध विषयमा समेत छलफल हुने भएको छ ।

    रमेशकुमार भट्टराई

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040