china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ तिब्बती जनताको नयाँ वर्ष ल्होसारका उपलक्ष्यमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ ।
    (GMT+08:00) 2008-01-18 19:01:08    
          नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विकसित गर्दै चिनियाँ तिब्बती जनताको संस्कृतिलाई नेपाली जनतासमक्ष प्रस्तुत गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिन लागेको हो ।

          काठमाडौंस्थित् चिनियाँ दूतावासको आयोजना र वल्ड कल्चर नेटको व्यवस्थापन संयोजनमा सम्पन्न गरिने तिब्बती ल्होसार नयाँ वर्षका उपलक्ष्यमा आउँदो साताको 22, 23 र 25 तारिखका दिन विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने छ ।

          व्यवस्थापन संयोजन संस्था वल्र्ड कल्चर नेटका अध्यक्ष दिपक सरकारले सी.आर.आईलाई दिनुभएको जानकारीअनुसार जनवरी 22 तारिखका दिन राजधानी काठमाडौंस्थित् होटल याक एण्ड यतिमा 2 दर्जनभन्दा बढी तिब्बती साँस्कृतिक कलाकारहरुले तिब्बती जनजीवन र रहनसहनले भरिपूर्ण भव्य साँस्कृतिक कार्यक्रम सञ्चालन गर्नेछन् । त्यसैगरी जनवरी 23 र 25 तारिखमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्टि्रय सम्मेलन केन्द्रमा तिब्बती कलाकारहरुले विभिन्न आकर्षक साँस्कृतिक कार्यक्रम सञ्चालन गरी नेपाली जनतालाई धीत मार्ने गरी आफ्नो परिचय दिने पूरा प्रयास गर्ने भएका छन् ।

           यी दुवै स्थानमा आयोजना गरिने कार्यक्रमहरुमा काठमाडौंस्थित् चिनियाँ दूतावासका उच्च पदस्थ अधिकारीहरु, नेपाल(चीन मैत्री संघका प्रतिनिधिहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु र काठमाडौंमा ठूलो संख्यामा रहेका चिनियाँहरुको उपस्थिति रहने बताइएको छ ।

          रमेश कुमार भट्टराई,

          सी.आर.आई

          काठमाडौं

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040