केही विदेशी सञ्चार माध्यमले हिजो चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको वार्षिक अधिवेशन सम्पन्न भएको खबर छुट्टा छुट्टै रुपमा जनाउनुका साथै चीनका राष्ट्राध्यक्ष हु चिन थाउले समापन समारोहमा दिनुभएको महत्वपूर्ण भाषण र प्रधानमन्त्रीले पत्रकारसितको कुराकानीमा व्यक्त गर्नुभएको विचारमाथि महत्वपूर्ण नजर पुर्याएका छन।
गणतन्त्र कोरियाको सँयुक्त समाचार समितिले जनाए अनुसार चीनका राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङ्ग स्थित जन बृहत सभा भवनमा आयोजित समापन समारोहमा "सारा देशका विभिन्न जातिका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको वरिपरी रहेर घनिष्ठ रुपमा एकता गरौं" भन्ने कुरामा जोड दिनुका साथै सरकारी विभागमा कार्यरत कर्मचारीसँग जनताको मौलिक हितबाट जनताको सेवा गर्न आग्रह गर्नुभएको कुरालाई उल्लेख गरेको छ।
पाकिस्तानको "द फ्रान्टिएर पोष्ट" र "डेली मेल" आदि समाचार पत्रहरुले चीनका दुइटा महत्वपूर्ण अधिवेशनबारे समाचारहरु प्रकाशित गर्नुका साथै चीनको राज्य परिषदका संस्थाहरुमा सुधार तथा पैचिङ्ग ओलम्पिक खेलकुद आदि बिषयबारे महत्व दिएका छन।
|