यता हालैका केही समयदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विभिन्न भाषाको प्रसारण र वेभसाइटमार्फत चीनको तिब्बतको ल्हासामा मार्च चौध तारिखका दिन गराइएको कूटपीट, तोडफोड, लूटपाट र आगजनी हिंसात्मक घटनाको सत्य-तथ्य सम्बन्धी समाचार दिंदै आएको छ। यसबाट विश्वका विभिन्न मुलुकका श्रोताहरु र नेटको प्रयोगकर्ताहरुका माझ ठूलो प्रतिक्रिया उठेको छ। तिनीहरुले एक पछि अर्को गरी चिठी-पत्र, टेलिफोन र नेटमा जवाफी पत्रमार्फत उक्त हिंसात्मक घटनाको निन्दा व्यक्त गरेका छन्, चीन सरकारले चालेका सम्बन्धित पाइलाको समर्थन गरेका छन र तिब्बत समस्यालाई पैचिंग ओलिम्पिक खेलकूदसित गाँसेर चल्ने कुराको विरोध गर्नुका साथै चीनलाई ओलिम्पिक खेलकूदको राम्ररी आयोजना गर्न सक्ने अपेक्षा पनि राखेका छन।
अर्जेन्टिनाका श्रोता रिकार्डो कुएर्टाले सी आर आईको स्पेनिस भाषाको वेभसाइटमार्फत मार्च चौध घटनाको सत्य-तथ्यको जानकारी लिनुभयो। उहाँले नेटको पेजमा जवाफी प्रतिक्रिया जनाउँदै तिब्बती स्वतन्त्रता पक्षधर तत्वहरुले तिब्बतलाई चीनबाट अलग्याउन खोज्न गरेको कुकर्मप्रति मलाई रोष लागेको कुरा लेख्नुभयो। मार्च पच्चिस तारिख उहाँले फेरि सी आर आई स्पेनिस विभागलाई टेलिफोन गर्दै भन्नुभयो-
"तिब्बतमा गराइएको हूलदंगाप्रति म आश्चर्य भएँ। म दुइ पटक चीनको भ्रमणमा गएको थिएँ। कुनै चीन विरोधी शक्तिले तिब्बत समस्याबाट आफ्नो दुनो सोझ्याउँदै फिंजाएको चीन सम्बन्धी हो-हल्ला अफवाहको लेशमात्र आधार छैन। जुन मैले चीनमा देखे सुनेकोसित पटक्कै मिल्दैन। चीन विरोधी शक्ति र पृथकतावादी तत्वहरुले तिब्बतमा मच्चाइएको हिंसात्मक घटनाको दुरुपयोग गर्दै चीनमाथि कालो दाग लगाउन खोज्ने र ओलिम्पिक खेलकूदको प्रतिरोध गर्न खोज्ने कुनै ठाउँ हुँदैन"।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको इटाली प्रसारणका श्रोताहरुले पनि हालै धेरै इमेल पठाउँदै तिब्बतमा गराइएको हिंसात्मक घटनाप्रति आ-आफ्नो रोषपूर्ण भाव व्यक्त गरेका छन् साथै उहाँहरुले उक्त घटनाको सम्बन्धमा केही पश्चिमी संचार माध्यमले वास्तविकतासित नमिल्ने खालका समाचारहरु दिएकोमा अफसोस व्यक्त गरेका छन्। इटाली विभागका कर्मचारी चाँग चिंगले भन्नुभयो-
"संचार माध्यममार्फत मार्च चौध घटना बारे थाहा पाएपछि इटाली विभागका पुरानो श्रोता गिओर्दानो मार्चेसेलीले तुरुन्तै टेलिफोन र फ्याक्समार्फत उक्त घटनाको कडा निन्दा गरेका छन् साथै उहाँले यस घटना सम्बन्धी चीन सरकारको अडानको आफूले आत्मादेखि नै समर्थन दिएको कुरा व्यक्त गरेका छन्। नेट-प्रयोगकर्ता गिउसेपे ल्हासा पुग्नुभएको एकजना इटाली हुन्। उनले ल्हासामा वर्तमान तिब्बतको सुखमय जीवनको अनुभव गरेका थिए। उनले सर्वसाधारणमाथि लक्षित हिंसात्मक घटना उक्साएको दलाई गूटको कडा विरोध गरेका छन्।
तिब्बती स्वतन्त्रताको पक्षधर तत्वले हिंसात्मक घटनामार्फत ओलिम्पिक खेलकूदमाथि तगारो हाल्न खोज्ने कुचेष्टालाई लिएर एकनजा जर्मन श्रोता हेल्मुट माटले सी आर आईलाई इमेल पठाउँदै भन्नुभयो- शुरुदेखि नै मैले के अन्दाज गरेको थिएँ भने दागी मनसाय लिएका केही व्यक्तिहरुले छिटै आउन लागेको पैचिंग ओलिम्पिक खेलकूदको प्रतिरोध गर्न केही कुकर्महरु गर्लान् भनेर सोचेको थिएँ। तिनीहरुको कुचेष्टा अवश्य नै विफल हुनेछ।
भारतीय श्रोता शाहीद आज्मीले हिन्दी विभागलाई फोन गर्दै भनेका छन-
"ल्हासामा मच्चाइएको हिंसात्मक घटनाको म विरोध गर्दछु। अहिले तिब्बतमा निकै ठूलो परिवर्तन आएको छ। रेलमार्गसमेत विश्वको छानोमा बनाइसकिएको छ। तिब्बती जनताहरुको जीवन सुखमय भयो। तर दलाई गूटले तिब्बतमा भएको प्रगति र विकासलाई पटक्कै देख्न चाहँदैन र देखेर पनि नदेखेको जस्तो गरेका छन्। विश्वको ध्यान आफूतिर तान्नका लागि उनीहरुले पैचिंगले ओलिम्पिक खेलकूदको आयोजना गर्ने अवसरबाट फाइदा उठाउँदै दंगा मच्चाएका छन र चीनलाई टुक्याउने कुचेष्टा गरेका छन। हामी भारतीय श्रोताहरुले त्यसको कडा विरोध गर्छौं र तिब्बत झन् शक्तिशाली र अझ विकसित होस् भन्ने शुभकामना दिन्छौं।
त्यसै गरी ताँजानियाली श्रोता मचाना जे मचानाले पनि सी आर आईलाई इमेल पठाउँदै चिनियाँ नेता र जनताले अवश्य नै तिब्बतको स्थितिलाई आफ्नो काबूमा ल्याउन सक्ने कुरा लेखेका छन्।
|