चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले हिजो पैचिंगमा बोल्दै अमेरिकी कांग्रेसको सिनेटबाट चीनको धेरै पटक गम्भीर कुराकानीको वास्ता नगरी दलाई गूटको पक्ष लिने र चीनको घरायसी मामिलालाई हस्तक्षेप गर्ने , तिव्वतसम्बन्धी चीन विरोधी प्रस्ताव पारित गरिएकोमा चीनले यसको तीव्र विरोध गरेको कुरा बताउनुभयो।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै अमेरिकी कांग्रेसको सिनेटका केही सिनेटरहरुले लामो समयसम्म धार्मिक कोट लाएर चीनलाई अलग्याउने कुकर्ममा संलग्न दलाईको सच्चा अनुहार राम्ररी चिन्न र नक्कली वार्ता, सक्कली प्रतिव्दंव्दिता, नक्कली शान्ति र सक्कली हिंसामा संलग्न हुने दलाई गूटलाई राम्ररी चिन्न, तथ्यको सम्मान गर्न र पूर्वाग्रह त्याग्न अनि चिनियाँ जनताको भावना तथा चीन र अमेरिकाबीचको सम्बन्धलाई क्षति पुर्याउने गलत भनाइ तत्कालै रोक्न चीनले आग्रह गरेको कुरा च्यांग युले बताउनुभयो।
|