सन 1951 मा शान्तिपूर्ण मुक्ति भएदेखि यता तिब्बतमा के के परिवर्तन हुँदैआएको छ? अर्थतन्त्र,संस्कृति,चिकित्सा र स्वास्थ,सामाजिक जीवन,शिक्षा आदि पक्षसम्बन्धी संख्याबाट हेर्दा आधा शताब्दीभन्दा बढी समयको अवधिमा तिब्बतद्बारा हासिल गरिएको ठूलो उपलव्धिबारे तपाईं स्पष्ट हुनुहुनेछ।
वित्तीय आम्दानीसम्बन्धी क्षेत्रको कुरा गर्दा,सन 1988 देखि सन 2007सम्म तिब्बतको स्थानीय वित्तीय आम्दानी दुई अरब तीस करोड चिनियाँ युआन पुगेको छ।
चिकित्सा र स्वास्थको क्षेत्रमा कुरा गर्दा,तिब्बती जनताको सरदर आयु सन 1959को छत्तीस वर्षबाट बढेर हालको सतसट्ठी वर्ष पुगेको छ। गत शताब्दीमा एक लाख गर्भवती महिलामध्ये पाँच हजारको प्रशव वेदनाका कारण मृत्यु हुनेगरेकोमा सन 2006मा यो संख्या प्रतिलाख दुइ सय सत्चालिसमा झरेको छ। हाल तिब्बतमा जम्मा तेह्र सयबन्दा बढी स्वास्थ्य संस्था र एकान्नब्बेजना चिकित्सक छन।
तिब्बतका सबै किसान र पशुपालकले निःशुल्क चिकित्साका आधारमा स्थापित कृषि तथा पशुपालकहरुका लागि सहकारी चिकित्सा प्रणालीमा भाग लिएका छन।
सामाजिक सुनिश्चितताका क्षेत्रको कुरा गर्दा,सन 1951अघिका दुई सय वर्षसम्म ब्बतको जनसंख्या सधैं दश लाखजति मात्र थियो। तीमध्ये अत्यधिक मानिस सामाजिक सुरक्षाको परिधिभन्दा बाहिर थिए।
जनसंख्याको पछिल्लो तथ्यांकअनुसार,सन 2007को अन्तसम्ममा तिब्बतको कूल जनसंख्या अट्ठाइस लाख चालीस हजार पुगेको छ। तीमध्ये नब्बे प्रतिशत जनता तिब्बती जातिका मानिस रहेका छन। हाल तिब्बतमा विभिन्न सामाजिक सुनिश्चितता प्रणालीमा सहभागी भएका शहरबासीहरुको संख्या तेत्तीस हजार पुगेको छ, र कृषि तथा पशुपालन क्षेत्रका तेईस हजारभन्दा बढी जीवनयापनको न्यूनतम स्तरमा रहेका मानिसले सरकारका तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति प्राप्त गरेका छन।
|