चीनका परराष्ट्र मन्त्री यांग चे छले चीनका राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुभएको वसन्ते यात्रा अर्थात जापान भ्रमणबाट चीन-जापान रणनैतिक आपसी हितयुक्त सम्बन्धमा नयाँ अध्याय थपेर पूर्ण सफलता प्राप्त गरिएको कुरा बताउनुभएको छ। उहाँले हिजो राष्ट्राध्यक्ष हु चिन थाउका साथमा जापानको भ्रमण समाप्त गरी स्वदेश फर्कने विशेष विमानमा पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, विगत दश वर्षदेखि यता चीनका राष्ट्रानायकले जापानको भ्रमण गर्नुभएको यो पहिलो अवसर हो। यस पटकको भ्रमणमा विविध विषय हुनुका साथै व्यावहारिक र उच्च कुशलतायुक्त देखिन्छ। यसमा प्रशस्त उपलव्धि हासिल भई निर्दिष्ट लक्ष्य पूरा भएको छ।
जापानको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले मे छदेखि दश तारिखसम्म जापानको राजकीय भ्रमण गर्नुभएको छ।
|