china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री मान बहादुर खत्रीद्बारा पठाइएको शुभकामना
    (GMT+08:00) 2008-05-12 10:59:56    

                   29 औं ओपम्पिक खेल बारे । महाशय, हाल आएर सम्पुर्णा विश्वको ध्यान विश्वको सवैभन्दा धेरै मानिसलाई लालन पालन गर्दै आएको, क्षोत्रफलको हिसावले विश्वको तेश्रो स्थान ओगटेको तथा हरेक क्षोत्र एवं विषायमा सर्वश्रेष्ठ रहेको मुलुक चीनमा गईरहेको छ । चालु वर्ष 2008को अगस्त 8 तारीखदेखि शुरु हुने 29 औं गृष्मकालिन ओलम्पिक खेलको आयोजना गर्ने सौभाग्य पाएको हाम्रो अत्यन्त नजिकको मित्र राष्ट्र चीनमा ओलम्पिक खेलको पुर्ण सफल आयोजनाको लागि सिंगो मुलुक तथा जनता अहोरात्र जुटिरहेका छन् । हाम्रो अत्यन्त छिमेकी, हितैषी एवं शुभचिन्तक मुलुक चीनले यस ओलम्पिक खेललाई सफल आयोजना गरी विश्वलाई नै पून: आफ्नो असल चरित्रको परिचय दिनेछ र विश्व शान्ति, विश्व भाईभातृत्वको महान कार्यलाई सफल पार्नेछ भन्ने कुरामा म पुर्णा विस्वस्त छु ।

                   चालु वर्षको अगष्त ८ तारीखदेखि चीनमा आयोजना हुन गइरहेको 29 औं. ओलम्पिक खेलको सिलसिलमा विभिन्न मुलुकमा ओलम्पिक मशालको रिलेको क्रममा खेप्नु परेको अवरोधलाई दृष्टिगत गरी नेपाल सरकारले यथेष्ट सुरक्षाको प्रवन्ध गरेको छ । चीनारा सगरमाथा ओलम्पिक मशाल प्रज्ज्वलन गर्ने सन्दर्भमा नेपालको भूमिमा कुनै प्रकारको विरोधात्मक गतिविधि हुन नदिन सुरक्षाको समुचित प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले चीनविरोधी अवैध गतिविधिलाई नेपाल सरकारले नियन्त्रणा गर्ने र हुन नदिन समुचित प्रबन्ध समेत गरिएको जनाएको छ ।

                    नेपालले एक चीनको नीतिलाई सधैं समर्थन गर्दै नेपाली भूमिमा कहिल्यै पनि चीन विरोधी गतिविधि हुन दिएको छैन र हुन दिने पनि छैन भन्ने कुरा नेपालका प्रधानमन्त्री लगायत उच्च पदस्थ कर्मचारीहरुले पटक पटक दोहोर्याउदै आएका छन् । चीनले पौराणिककाल देखि नै नेपाललाई गर्दै आएको सहयोग र मित्रताको सधै मुक्त कण्ठले प्रशंसा गर्दै चीनको हरेक सफलतामा आफ्नो सुरक्षा महशुस गर्दै आएको कुरा इतिहासबाट स्पष्ट थाहा पाउन सकिन्छ ।

    धन्यवाद

    मान बहादुर खत्री

    सी.आर.आई रेडियो मोनिटर

    नेपालगञ्ज, बाँके नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040