चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो स् छुआन प्रान्तको भूइंचालो प्रभावित क्षेत्रमा पुगेर फेरि एक पटक थाँग च्या शान पर्वतको क्वेक लेक अर्थात भूकम्पबाट बनेको तालको निरीक्षण गर्नुभयो।
निरीक्षणको क्रममा उहाँले क्वेक लेकको समस्याको समाधान गर्दा कुनै पनि रैथानेलाई मर्न वा घाइते हुन दिन नहुने आदेश दिनुभएको छ।
तेह्र दिन अगाडि वन च्या पाउले सो क्वेक लेकको निरीक्षण गर्दै खतराजनक स्थितिबाट जोगाउने कार्यको बर बन्दोबस्त मिलाउने आदेश दिनुभएको थियो।
हिजो बेलुकी राष्ट्रिय परिषद्अन्तर्गत भूइंचालोको प्रतिकार र प्रकोप उद्धार निर्देशनालयले रेलमा एक बैठकको आयोजना गरेको थियो। प्रधानमन्त्री वनले सो बैठकमा पनि सम्बन्धित आदेश दिनुभयो।
यसका साथै वन च्या पाउले रुसको मिग-दुइ छ ढांचे भारी ढुवानी हेलीकोप्टरको चालक दलका सदस्यहरुलाई हेर्नुभयो र भूइंचालो प्रकोपबाट उद्धार गर्ने कार्यमा चीनलाई सशक्त सहायता दिएकोमा रुस पक्षलाई कृतज्ञता ज्ञापन गर्नुभयो।
|