china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्गद्बारा आफ्नो प्रतिबद्धताको पालना
    (GMT+08:00) 2008-07-13 19:49:56    

          सात वर्षअघि चीनले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष पेश गरेको "ओलम्पिक खेलकुदको संयोजन दर्ता प्रतिवेदन" र त्यसपछि हस्ताक्षर गरेको "संयोजन शहरको ठेक्का पत्र" लाई ओलम्पिक खेलकुदबारे पैचिङ्गले दिएको प्रतिबद्धता मानिएको छ। यीनमा ओलम्पिक खेलकुदको आयोजनाका लागि पैचिङ्गले गर्नुपर्ने झण्डै पाँच सय वटा वास्तविक कार्यभार तोकिएको छ। पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन अब बीस दिनभन्दा अलिक बढी दिनमात्र बाँकी छ। यस सद्नर्भमा पैचिङ्गले आफ्नो प्रतिबद्धताको पालना गरेको छ त?

           पैचिङ्गले ओलम्पिक खेलकुदको संयोजन अधिकार सफलताका साथ पाएदेखि यता चीनले केही उच्च स्तरीय रंगशालाको निर्माण पूरा गरिसकेको छ। हालसम्म ओलम्पिक खेलकुदका सैंत्तीस वटा रंगशालाको निर्माण सम्पूर्ण रुपमा पूरा भइसकेका छनभने प्ररिक्षण खेलकुद प्रतियोगिताबाट पनि उत्तीर्ण भइसकेका छन। यसमा धेरै ओलम्पिक खेलकुदको विज्ञान तथा प्रविधिको स्तर तथा क्षमता अग्रस्थानमा रहेका देखिन्छ भने यीनको निर्माणको गुण-स्तर पहिले दिइएको प्रतिबद्धताको तुलनामा अझ राम्रो देखिन्छ। यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य रंगशाला अर्थात राष्ट्रिय रंगशालाको विशेष डिजाइनबाट व्यापाक प्रशंसा पाइएको छ। यसबारे जानकारी दिंदै यसको परिकल्पनाकार श्री थान स्याउ छुनले भन्नुभयोः

           "चरा गुँड नामक यस राष्ट्रिय रंगशालाको निर्माणले चीनको बास्तु इतिहासमा एउटा अविस्कार सिर्जना गरेको छ।"

            ओलम्पिक खेलकुदको संयोजन अधिकार पाएको सात वर्षदेखि यता पैचिङ्ग शहरमा यातायात आदि आधारभूत प्रबन्धको निर्माण द्रुत गतिले अघि बढ्दै आएको छ। पैचिङ्गको यातायात व्यवस्थापन विभागका अधिकारी लीन छंग रुईले दिनुभएको जानकारी अनुसार ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गले ओलम्पिक खेलकुदका लागि विशेष मार्ग खडा गर्ने लगाएतका विभिन्न प्रभावकारी कदम चालेर विभिन्न देशबाट आउनुहुने खेलाडिहरुलाई आ-आफ्नो प्रतियोगिता स्थलमा तीस मिनेटभित्र पुग्न सक्ने प्रत्याभूत गराइने भएको छ। यसबारे चर्चा गर्दै श्री ली छंग रुईले भन्नुभयोः

            "ओलम्पिक खेलकुदको विशेष मार्गको कूल दूरी दुइ सय पचासी दशम्लब सात किलोमिटर जति पुग्ने अनुमान गरिएको छ। यो मार्गमा प्रतियोगिताको रंगशाला, तालिम स्थल, अभ्यास स्थल, सञ्चार माध्यमको बास स्थान, प्रेस केन्द्र र ओलम्पिक खेलकुदसँग सम्बन्धित अन्य बाटोहरु समावेश छन।"

              प्राप्त तथ्याँक अनुसार सन 2007 मा पैचिङ्ग शहरमा भएका बनको क्षेत्रफल यहाँको कूल क्षेत्रफलको 51.6 प्रतिशतभन्दा बढी छ। शहरमा वायुको गुणस्तर सम्बन्धित मापदण्डको मांगसित अनुकूल भएका दिनहरुको संख्या दुइ सय छयालिस पुगेको छ। गत सात वर्षदेखि यता पैचिङ्गको वायु अझ सफा हुँदै आएको परिप्रेक्षमा यहाँको वातावरण पनि अझ सुन्दर हुँदै आएको छ। ओलम्पिक खेलकुदको आयोजनाका लागि दर्ता गर्दा हरियाली ओलम्पिकबारे पैचिङ्गले दिएका प्रतिवद्धताका सात वटा लक्ष्य गत सालको अन्त्यतिर सम्पूर्ण रुपमा पूरा भइसकेका छन। अब पैचिङ्ग शहर वरिपरीको पहाड हरियाली देखिन्छ, पैचिङ्ग शहरको बनजंगल हरियाली देखिन्छ र पैचिङ्गको कछार क्षेत्रको खेतीपाती हरियाली देखिन्छ। यसबारे चर्चा गर्दै पैचिङ्गको वातावरण संरक्षण व्यूरोका अधिकारी वांग स्याउ मिंगले भन्नुभयोः

             "गत धेरै वर्षको प्रयासमा हाम्रो शहरको वायु स्पष्टताका साथ सुधार हुँदै आएको छ। पहिलेको आधारमा र पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा चाल्ने विभिन्न कदममा ओलम्पिक खेलकुदका लागि राम्रो स्तरको वायु वातावरणको सिर्जनाबारे हामीले दिएको प्रतिवद्धता पूरा गर्न सक्ने विश्वास हामीले गरेका छौं।"

             गत सात वर्षदेखि यता चीनले ओलम्पिक खेलकुद सम्बन्धी बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई पनि सबल पार्दै आएको छ। यसका साथै चीनले ओलम्पिकका अवधिमा सर्वजनिक सुरक्षाको संरक्षणलाई पनि ध्यानपूर्वक बन्दोबस्त गरेको छ। ओलम्पिक खेलकुद सम्बन्धी समाचार संकलन गर्न यहाँ आउने विभिन्न देशका पत्रकारको खाँचोलाई पूरा गर्न सक्ने बहुक्षमतायुक्त प्रेस मञ्चको पनि चीनले स्थापना गरेको छ। यी कार्यको अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्य सम्बन्धित क्षेत्रले उच्च मूल्याँकन गरेका छन। विभिन्न देश र क्षेत्रका ओलम्पिक समिति परिषदले पैचिङ्गमा आयोजना गरेको एउटा बैठकमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको परिषदका अध्यक्ष मारिव भाज्ग्वेज रानाले पैचिङ्ग 2008 को ओलम्पिक खेलदुका विभिन्न तयारी कार्य निकै राम्रो रहेको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

             "यस वर्षमा आयोजना गरिने पैचिङ्ग ओलम्पिक खेलकुद इतिहासमा सबैभन्दा राम्रो ओलम्पिक खेलकुद हुन सक्ने हाम्रो आशा छ। अब यस ल‍क्ष्यलाई साकार तुल्याउन हामी निकै नजिक छौं। यसले इतिहासमा सबैभन्दा राम्रो ओलम्पिक खेलकुद हुने कुरामा कुनै दुइ मत छैन।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040