china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको अवधिमा पैचिङले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने
    (GMT+08:00) 2008-07-28 18:16:30    

          ओलम्पिक वातावरण तयार पार्नका लागि पैचिङ शहरले ओलम्पिक खेलकुदको अवधिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेछ। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिअन्तर्गत सांस्कृतिक विभागका प्रमुख चाउ तुंग मिंगले आज बोल्दै ती कार्यक्रमको आयोजना रंगशालाभित्र तथा बाहिर साथसाथै गरिने जानकारी दिनुभयो। यस पटकको ओलम्पिक खेलकुदमा पहिलो पटक सम्पूर्ण खेलसम्बन्धी सांस्कृतिक प्रदर्शनी कार्यक्रमको आयोजना गरिने जानकारी पनि उहाँले दिनुभयो।

          तपाईँ‌ले पैचिङ ओलम्पिक खेलकुदको व्याटमिन्टन प्रतियोगिताको एउटा टिकट पाएपछि तपाईंले देख्नुहुने रोचक प्रतियोगिता मात्र होइन, यसका साथै तपाईंले शाटलकोक किकिंग अभिव्यक्ति देख्नुहुनेछ। किनभने व्याटमिटन खेलको मूल चीनको शाटलकोक किकिंग खेल हो। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिअन्तर्गत सांस्कृतिक विभागका प्रमुख चाउ तुंग मिंगले आज संचार माध्यमसँग कुराकानी गर्दै चौंतीस व्यावसायिक समूहले ओलम्पिक प्रतियोगिताका विभिन्न खेल शुरु हुनुअघि खेलकुदसम्बन्धी संस्कृतिको प्रदर्शन गर्ने कुरा वताउनुभयो।

         "बत्तीस वटा खेलहरुमा चिनियाँ कुंग फु, एक्रोव्याटिक्स, नाचगान, भाग्य बस्तु वा मस्कटसमेत विभिन्न प्रकारको प्रदर्शन गरिनेछ। यस किसिमको प्रदर्शन ओलम्पिक प्रतियोगितामा एउटा नयाँ विशेषता तथा दृश्य हुने विश्वास मैले गरेको छु।

          वास्तवमा यस किसिमको प्रदर्शन पहिलेको ओलम्पिक खेलकुदमा बास्केटबल तथा विच भलिबल लगायत कम खेलहरुमा मात्र भेटिएको थियो।

          दर्शकहरुले प्रतियोगिता हेरेपछि प्रतियोगिता स्थलबाहिर आयोजना हुने विविध सांस्कृतिक कार्यक्रममा भाग लिनसक्ने छन्। श्री चाउ तुंग मिंगका अनुसार, असीभन्दा बढी मुलुक तथा क्षेत्रका बीस हजार कलाकारहरुले पैचिङमा सयौं पटक प्रदर्शन गर्नुहुने छ। पैचिङका बीसभन्दा बढी ओलम्पिक संस्कृति चोकमा पनि विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने छ। ती कार्यक्रमहरु चिनियाँ र विदेशीहरुका लागि निःशुल्क रुपमा खुला हुनेछन्।

          ओलम्पिक सांस्कृतिक कार्यक्रमको अर्को विशेषता ओलम्पिक एक्सपो लगायत धेरै वटा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा यस ओलम्पिक एक्सपो पैचिङमा पहिलो पटक आयोजना गरिनेछ। स्विजरल्याण्डको लाउसाने संग्रहालयबाट आउने मूल्यवान् बस्तु त्यस एक्सपोमा प्रदर्शन गरिने छ। श्री चाउ तुंग मिंगका अनुसार, ती ओलम्पिक सांस्कृतिक कार्यक्रमको एउटै विशेषता छ। त्यो भनेको अन्तर्राष्ट्रिय आदान-प्रदानलाई सबल पार्नसक्नु हो।

         " ती सांस्कृतिक कार्यक्रमहरुमार्फत ओलम्पिक भावना तथा सांस्कृतिक कला जोड्नसक्ने, सांस्कृतिक कला तथा खेलकुद व्यायाम जोड्नसक्ने, थिएटरको अभिव्यक्ति तथा चोकमा रहेका कार्यक्रमहरु जोड्नसक्ने, चिनियाँ विशेषता तथा अन्तर्राष्ट्रिय नियम जोड्नसक्ने आशा हामीले गरेका छौं। "

          विदेशी दर्शकहरु सजिलैसँग कार्यक्रमहरु सहभागी हुनका लागि पैचिङ ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत सांस्कृतिक विभागले सांस्कृतिक कार्यक्रम डिजाइन गर्दा उनीहरुका मांग तथा चासोबारे सोच-विचार गरेको छ। श्री चाउ तुंग मिंग भन्नुहुन्छ,

         "विदेशका धेरै पर्यटकहरु पैचिङ आउने छन्। उनीहरुले ओलम्पिकको अनुभव गर्नुका साथै त्यसबारे जानकारी लिनेछन्। यसका साथै उनीहरुलाई चीनको संस्कृति तथा चीनको अल्पसंख्यक जाति रीतिरिवाज र लोक संस्कृतिबारे चासो लाग्नेछ। त्यसै कारण अरु बढी विदेशीहरु चीनको उत्कृष्ट पक्षबारे जानकारी लिन तथा विश्वव्यापीकरणको पृष्ठभूमिमा चीनले गरेको प्रयास देखाउन धेरै वटा कलासमूह तथा सांस्कृतिक संस्थानले हाम्रो परम्परागत संस्कृतिलाई निष्ठापूर्वक छनौट गरेका छन्। यसका साथै ती सांस्कृतिक कार्यक्रमहरुमा विदेशीहरु चिनियाँहरुसँग आदान-प्रदान गर्ने चौतारो उपलव्ध गरइएको छ। जसमा चीनका पूराना ऐतिहासिक संस्कृति तथा जातीय संस्कृतिको विशेषतालाई केन्द्रीत गरी देखाइनुका साथै विश्वको व्यापक सहभागीतामार्फत विभिन्न संस्कृति बीचको आदान-प्रदान देखाइनुपर्छ।

          श्री चाउ तुंग मिंगका अनुसार, पैचिङ ओलम्पिक खेलकुदको अवधिमा सांस्कृतिक कार्यक्रमहरु धेरै हुने छन् भने धेरै कार्यक्रमहरुमा भाग लिने अवसर विदेशीहरुलाई उपलव्ध गराइएको छ। ती कार्यक्रमहरुले पैचिङका लागि एउटा उत्साहजनक तथा मंगलमय वातावरण तयार पार्नेछन्। विश्वका विभिन्न मुलुकहरुबाट आउने साथीहरुले सांस्कृतिक तथा कलात्मक ज्ञान प्राप्त गर्नुका साथै ओलम्पिक खेलकुदबाट ल्याइने खुसी उपभोग गर्नेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040