china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुद सुनिश्चित गर्न पैचिङ्ग तत्पर
    (GMT+08:00) 2008-08-04 18:25:41    

             2008 पैचिङ्ग अन्तर्राष्ट्रिय प्रेस केन्द्रले आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्‍यो । पैचिङ्गका सम्बन्धित विभागका जिम्मेवार व्यक्तिहरुले मुख्य गरी यातायात, खाद्यान्नको सुरक्षा, चिकित्सा तथा स्वास्थ्य र पर्यटन आदि विषयलाई लिएर पत्रकारहरुलाई पैचिङ्ग ओलम्पिक खेलकुदको तयारी कार्यबारे जानकारी दिनुभयो। ती जिम्मेवार व्यक्तिहरुका अनुसार, ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने कुरालाई सुनिश्चित गर्नका लागि पैचिङ्ग तत्पर भइसकेको छ।

             पैचिङ्ग शहरको यातायात परिषदका उप प्रमुख चौ चङ्ग युका अनुसार, गत महिनाको बीस तारिखदेखि पैचिङ्गमा मोटर-गाडी जोर तथा बिजोर संख्या बमोजिम चल्ने र विभिन्न समयमा काम गर्ने आदि नियम लागु भएको छ। यसका साथै पैचिङ्गमा तीनवटा लीग-लाईन तथा ओलम्पिक खेलकुदसम्बन्धी चौंतीसवटा बस-लाईन खोलिएका छन्। यसले गर्दा पैचिङ्गको यातायात अवस्थामा अपेक्षाकृत सुधार देखा परेको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

              यातायातसम्बन्धी नियम लागु भएयता पैचिङ्गको समस्त यातायात अवस्था निकै राम्रो देखिएको छ। बाटामा घुइंचो हुने अवस्थालाई खुकुलो पारिनुका साथै गाडी हिंड्ने गति पनि ठूलो मात्रामा बढेको देखिन्छ।

               श्री चौका अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुदको उद्धाटन समारोहका दिन ओलम्पिक केन्द्रीय क्षेत्रमा एक लाख छ हजार मानिस जम्मा हुने अनुमान गरिएको छ। त्यसै दिनको उद्धाटन समारोह सुचारु रुपमा चल्नका लागि यातायात विभागले विशेषगरी उद्धाटनसम्बन्धी यातायात योजनाको पनि तर्जुमा गरिसकेको छ।

                ओलम्पिक खेलकुदसम्बन्धी वायु गुणस्तरको विषयमा चर्चा गर्दै पैचिङ्ग शहरको वातावरणीय संरक्षण ब्यूरोका उप प्रमुख तु शाउ चोङ्गले ओलम्पिक खेलकुदको अवधिमा वायुगुणस्तरलाई सुनिश्चित गर्न पैचिङ्ग सक्षम रहेको कुरा औंल्याउनुभएको छ। उहाँ भन्नुहुन्छ:

                जुलाई महिनामा पैचिङ्गको वायुको गुणस्तर गत वर्षको सोही अवधिको तुलनामा अझ सुधार भएको देखिन्छ। विशेषत: जुलाई बीस तारिखपछि यातायातको निष्काशनसम्बन्धी विभिन्न किसिमका प्रदूषित वस्तुको मात्रा पनि स्पष्टसँग घटेको देखिन्छ। ओलम्पिक खेलकुदको अवधिमा वायुगुणस्तरलाई राम्रो हुने कुरामा हामी आशावादी छौं।

                यसका अतिरिक्त, सार्वजनिक स्वास्थ्यको सन्दर्भमा पैचिङ्गले अधिकांश तयारी कार्य पनि राम्रोसँग गरिसकेको छ। पैचिङ्ग शहरका प्रेस प्रवक्ता लिउ चका अनुसार, ओलम्पिक खेलकुदको अवधिमा खानेपानी तथा खाद्यान्नको सुरक्षालाई ग्यारेण्टी दिनका लागि पैचिङ्गले खानेपानीमा मौजुद प्रदुषित वस्तुको अनुगमन चौकी तथा खाद्यान्नमा रहने प्रदुषित वस्तुको जाँचबुझ नेटवर्कको पनि स्थापना गरिसकेको छ। सम्बन्धित विभागले पेशागत चिकित्सा टोलीको गठन गरी ओलम्पिक खेलकुदमा सहभागी हुने पाहुनाहरुका लागि चिकित्सासेवा प्रदान गर्ने भएको छ। प्रेस प्रवक्ता लिउ चले हामीलाई जानकारी दिंदै भन्नुभयो:

                 हामीले तीन हजारभन्दा बढी जनाबाट गठित सैंतीसवटा चिकित्सा टोलीको स्थापना गरेका छौं। ती चिकित्सा टोलीहरुले मुख्यत: ओलम्पिक खेलकुदका रङ्गशाला तथा सम्बन्धित स्थानको चिकित्साको जिम्मा लिने छन्। यसका अतिरिक्त, हामीले ओलम्पिकसम्बन्धी चौबीसवटा विशेष अस्पताललाई पनि निश्चित गरेका छौं। ती विशेष अस्पतालहरुले सम्पूर्ण रुपमा देश र विदेशका पाहुनाहरुलाई चिकित्सा सेवा प्रदान गर्नसक्नेछन्।

                 ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्गले देश र विदेशका झण्डै तीस लाख पर्यटक तथा दर्शकहरुको स्वागत गर्ने अनुमान गरिएको छ। पैचिङ्ग शहरको पर्यटन ब्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, हाल पैचिङ्गमा पर्यटनसम्बन्धी स्रोत-साधन प्रशस्त भएकाले ओलम्पिक खेलकुद अवधिमा विभिन्न स्थानमा बस्ने पर्यटकहरुको चाहनालाई पूरा गर्नसक्नेछ।

                  पैचिङ्ग शहरका प्रेस प्रवक्ता लिउ चका अनुसार, बितेका सात वर्षभित्र पैचिङ्गले शहरको समष्टिगत निर्माणतर्फ झण्डै दुई खर्ब असी अर्ब चिनियाँ युआनको लगानी गरेको छ। हाल ओलम्पिक खेलकुद नजिकिंदै आएको प्रतीक्षामा पैचिङ्गवासीहरु रहिरहेका छन्। साथै विश्वका विभिन्न ठाउँबाट आउने पाहुनाहरुको स्वागत गर्नका लागि उनीहरु पनि तत्पर रहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040