china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको यातायात व्यवस्था सम्बन्धी सुनिश्चित कार्य प्रतियोगिताको अवस्थामा प्रवेश
    (GMT+08:00) 2008-08-06 18:11:05    

            ओलम्पिक खेलकुदको यातायात व्यवस्थापनसम्बन्धी सुनिश्चित कार्य राम्रोसँग गर्नुपर्ने कुरा पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना हुने महत्वपूर्ण विषयहरुमध्येको एक हो। पैचिङ्ग अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा चीनको यातायात व्यवस्थापन मन्त्रालयका प्रेस प्रवक्ता ह चेन चोङ्गले बोल्दै ओलम्पिक खेलकुदको यातायात व्यवस्थापनसम्बन्धी सुनिश्चित कार्य हाल पूरा भई प्रतियोगिताको अवस्थामा प्रवेश भइसकेको जानकारी दिनुभएको छ।

              पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिको बन्दोबस्त बमोजिम, चीनको यातायात व्यवस्थापन प्रणालीले मुख्यत: ओलम्पिक खेलकुदको अवधिमा राजमार्ग तथा जल-मार्गमा यातायातसम्बन्धी सुनिश्चित सेवा प्रदान गर्ने, पैचिङ्ग आउने ट्रकहरुको आवत-जावतलाई निगरानी गर्ने, पैचिङ्ग आउने यात्रुवाहक बसबाट हुने ग्यांस निष्काशनलाई नियन्त्रण गर्ने तथा ओलम्पिक खेलकुदका जरुरी सुनिश्चित गाडी टोलीको गठन गर्ने भएको छ।

               चीनको यातायात व्यवस्थापन मन्त्रालयका प्रेस प्रवक्ता ह चेन चोङ्गले उक्त पत्रकार सम्मेलनमा बोल्दै उक्त यातायात व्यवस्थापनसम्बन्धी सुनिश्चित कार्य शुरु भइसकेको छ र हाल सुचारु रुपमा चलिरहेको जानकारी दिनुभएको छ। उहाँ भन्नुहुन्छ:

               पैचिङ्गभित्र आउने ट्रक कसरी आउने भन्ने नियम गत जूलाई एक तारिखका दिनदेखि शुरु भएको छ। एक महिनाभन्दा लामो समयको अनुगमनबाट हेर्दा ती ट्रकहरुको आवत-जावत हुने अवस्था राम्रोसँग चलिरहेको देखिन्छ। यसबाहेक, पैचिङ्गभित्र आउने यात्रुवाहक बसबाट हुने ग्यांस निष्काशन सम्बन्धी सुधार कार्य गत जून महिनाको अन्त्यअघि पूराका पूरै व्यवस्थित भएको थियो।

               ओलम्पिक खेलकुदको अवधिमा शहरिय यातायातको सुरक्षालाई सुनिश्चित पार्नका लागि चीनको यातायात व्यवस्थापन मन्त्रालयले ओलम्पिक खेलकुदसम्बन्धी बाह्रवटा तीव्र-राजमार्ग तय गरेको छ। यसबाहेक, यातायात व्यवस्थापन मन्त्रालयले ओलम्पिक खेलकुदसम्बन्धी विशेष राजमार्गको अनुगमन, निरीक्षण तथा पूर्व-जानकारीलाई मजबुत पार्नुका साथै ओलम्पिक खेलकुदका विशेष गाडीहरुसम्बन्धी स्वागत कार्य पनि सक्दो प्रयासमार्फत राम्रोसँग गर्ने भएको छ। यसका अतिरिक्त, यातायत व्यवस्थापन मन्त्रालयले ओलम्पिक खेलकुदसम्बन्धी तीव्र-राजमार्ग वरिपरिका क्षेत्रमा अन्तर्राष्ट्रिय सेवाको मापदण्ड तथा रीतिरिवाज बमोजिम सम्बन्धित सुधार तथा बन्दोबस्त गरेको छ।

                प्रेस प्रवक्ता ह चेन चोङ्गका अनुसार, हाल पैचिङ्ग ओलम्पिक खेलकुदको यातायातसम्बन्धी सुनिश्चित कार्य पूरा भइसकेको छ। विशेषत: यात्रुहरुको ओसार-पसार तथा माल-सामानको ढुवानीलाई सुनिश्चित पार्ने सन्दर्भमा सम्बन्धित नीति र नियम पनि तय गरिएको छ। उहाँ यसरी भन्नुहुन्छ:

                 ओलम्पिक खेलकुदको अवधिमा हामीले विशेष-गाडीसम्बन्धी आवत-जावतलाई सुनिश्चित पार्नेछौं। यसका अतिरिक्त, समस्त शहरको यातायातलाई सुचारु रुपमा चलाउनका लागि हामीले सम्बन्धित नीति र नियम पनि तर्जुमा गरेका छौं।

                   प्राप्त जानकारी अनुसार, हाल ओलम्पिक खेलकुदसम्बन्धी यातायातको आधारभूत प्रबन्धको निर्माण मोटामोटी रुपमा सम्पन्न भएको छ। ओलम्पिक खेलकुदका रङ्गशाला वरिपरिका राजमार्गको निर्माण, अस्थायी बस-स्टेशन र बससम्बन्धी अस्थायी निर्देशन नक्शा सम्बन्धी कार्य राम्रोसँग पूरा भइसकेको देखिन्छ।

                   यस पटकको ओलम्पिक खेलकुदसम्बन्धी यातायातको सुनिश्चित कार्य पैचिङ्गका साथमा रहेर ओलम्पिक खेलकुदको आयोजना गर्ने अन्य केही शहरसँग पनि घनिष्ट सम्बन्ध रहेको छ। छिङ्ग ताउ साइलिङ्ग-पोट प्रतियोगितासम्बन्धी जल-मार्गको यातायातको अनुगमन तथा निर्देशन केन्द्र यसै महिनाको एक तारिखका दिन औपचारिक रुपमा स्थापित भएको छ। ओलम्पिक खेलकुदको फुटबल प्रतियोगिताको आयोजना गर्ने थेन चिन, शाङ्ग हाई, छिन व्हाङ्ग ताउ तथा शन याङ्ग शहरले यातायात व्यवस्थापनको तैयारी कार्य पनि सिध्याएका छन। श्री ह चेन चोङ्गले हामीलाई जानकारी दिंदै भन्नुभयो:

                  छिङ्ग ताउ साइलिङ्ग-पोट प्रतियोगितासम्बन्धी जल-मण्डलको यातायात सुनिश्चित कार्य हाल प्रतियोगिताको अवस्थामा प्रवेश भइसकेको छ। यसबाहेक, ओलम्पिक खेलकुदको आयोजना गर्ने अन्य शहर पनि तत्पर रहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040