china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक पवित्र ज्योति रिले कार्यक्रम पैचिङमा शुरु
    (GMT+08:00) 2008-08-06 18:12:30    

               पैचिङ 2008 ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम विश्वका पाँच महादेशका उन्नाइस वटा मुलुकका उन्नाइस शहर तथा चीनको भित्री प्रदेशका तीस वटा प्रान्त, स्वायेत्त प्रदेश तथा केन्द्र शासित नगर तथा हंगकंग विशेष प्रशासनिक क्षेत्र र मकाउ प्रशासनिक क्षेत्रमा पूरा भएपछि आज ओलम्पिक खेलकुदको मुख्य आयोजक शहर, चीनको राजधानी पैचिङ शहर पुगिसकेको छ।

                चीन जाऔं। ओलम्पिक हेरौं।

                आज विहान आठ बजेतिर ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम अन्तर्गत पैचिङ मुकामको कार्यक्रम कु कौंगको वु मन चोकबाट शुरु भएको हो। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष लामबीस निकोलाओले संयुक्त रुपमा पैचिङ मुकाममा आयोजित दौड्ने समारोहमा सहभागी हुनुभयो। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी अध्यक्ष, पैचिङ शहरका मेयर को चिन लुंगले यस समारोहलाई सम्बोधन गर्दै पैचिङ ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य पूरा भइसकेको छ र अहिले ओलम्पिक खेलकुदको उद्घाटनको प्रतीक्षामा रहेको कुरा वताउनुभयो।

                ओलम्पिक ज्योति चीनको राजधानी पैचिङमा रिले गर्ने कार्यक्रमले विश्व सामु पूर्वी मुलुकको पुराना इतिहास तथा उत्कृष्ट संस्कृतिको प्रदर्शन गर्नुका साथै सुधार तथा खुलापनको नीति लागु गरिएको तीस वर्षदेखि पैचिङद्वारा प्राप्त महान उपलव्धीहरु प्रदर्शन गर्नेछ। जसले ओलम्पिक खेलकुदको प्रतीक्षामा त्यसमा भाग लिने तथा योगदान पुर्‍‍याउंने पैचिंङबासीहरुको उत्साह जगाउनुका साथै एक पटकको विशेष तथा उच्चस्तरको ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गर्नका लागि अरु ठूलो योगदान पुर्‍याउनेछ।

                  पैचिङ मुकाममा भएको ज्योति रिले कार्यक्रम सातवटा शहरी क्षेत्र पार हुनेछ। शुभबादल नामक ज्योति कतिपय पूरातात्विक दृश्यावलोकन क्षेत्र पार हुनेछ। त्यसको कुल लम्बाई सोह्र दशमबल चार किलोमिटर छ भने जम्मा चार सय तेंतीस जना ज्योतिवाहकहरुले रिले कार्यक्रममा भाग लिनुहुनेछ। तीमध्ये चौथो ज्योति वाहक चौध वर्षीय रन यी हुन्। उनी गौरवकासाथ भन्छिन्-

                ओलम्पिक खेलकुदका ज्योतिवाहक बनेको कुरा मेरो लागि अवश्य नै गौरवको कुरा हो। मेरो लागि त्यो भनेको एकदम महत्वपूर्ण इज्जत हो। तर मलाई अरु महत्वपूर्ण कुरा भनेको त्यसले मलाई दिएको जिम्मेवारी लागेको छ।

                पैचिङ मुकाममा भएको ज्योति रिले कार्यक्रममा भाग लिने ज्योतिवाहकहरुमध्ये सर्वसाधारण बाहेक, खेलकुद तथा कला क्षेत्रका ताराहरु पनि समावेश छन्। जस्तै चीनका प्रसिद्ध चलचित्र निर्देशक चांग यी मौ, चीनका प्रसिद्ध पियानोबादक लांग लांग आदि।

                 आज पैचिङ ओलम्पिक खेलकुद शुरु हुन दुई दिन मात्र बाँकी छ। आज पैचिङको आकाश नीलो छ भने वायुको गुणस्तर पनि राम्रो छ। ओलम्पिक पवित्र ज्योतिको स्वागत गर्ने पैचिङबासीहरु पनि निकै उत्तेजित भएका छन। सड्कमा उभिएका उत्साहित दर्शकहरुले "ओलम्पिक खेलकुद हेरौं, पैचिङ जाऔं। भन्ने नारा लगाउंदै थिए। एक पैचिङबासी सु यु हानले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै आफ्नो घरबाट ज्योति रिले कार्यक्रम हेर्नु एउटा उत्साहको कुरा रहेको वताएका छन्।

                  मलाई हामी सबैको एउटै काम अर्थात् ओलम्पिक ज्योतिको स्वागत लागेको छ। यो दृश्य निकै सुन्दर छ। तपाईं यहाँ भएमा यस कार्यक्रममा स्वतःस्फूर्त रुपमा भाग लिनुहुनेछ।

                  ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम ओलम्पिक खेलकुदको पूर्वकार्य हो। त्यसले पुराना बंशका ओलम्पिक खेलकुद र आधुनिक ओलम्पिक खेलकुदबीचको सशक्त सम्बन्ध प्रतिबिम्बित गरेको छ। त्यो ओलम्पिक खेलकुदका प्रतियोगिताहरु पछिको सबैभन्दा महत्वपूर्ण ओलम्पिक कार्यक्रम हो। अगष्ट आठ तारिख बेलुकी अन्तिम ज्योतिवाहकले मानिसहरुको प्रतीक्षामा राष्ट्रिय रंगशाला-बड्स नेस्टमा रहेको मुख्य ज्योति बाल्नुहुनेछ। त्यस उत्साहित समयले पैचिङ ओलम्पिक खेलकुद औपचारिक रुपमा शुरु हुने सूचकको काम गरेको छ। यसका साथै ओलम्पिक इतिहासमा सबैभन्दा बढी समय लागेको, सबैभन्दा व्यापकता तथा सबैभन्दा बढी ज्योतिवाहक भाग लिएको पैचिङ ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040