अब प्रस्तुत गर्दैछौं, पैचिङ ओलम्पिक 2008 का सन्दर्भमा सि.आर.आई श्रोता मञ्च नेपालका अध्यक्ष प्रतिक्षा पौडेल तथा नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागरले पठाउनुभएको यो शुभकामना।
आहा, कस्तो सुन्दर पैचिङ, दुलही जस्तो सिंगारिएको। लाखौं विदेशी पर्यटक तथा पाहुनाको ओईरो, रंगीचंगी गेटहरुका साथ एक अरब तीस करोड चिनियाँले स्वागत गरिरहेको। सैतिस वटा अत्याधुनिक प्रविधियुक्त लोभलाग्दा आकर्षक रंगशालाको वातावरण हेर्दा कस्को मन नलोभिएला र। हाम्रो महान उत्सव उनान्तिसौं ग्रीषमकालीन पैचिङ ओलम्पिक खेल आजसम्म भएका ओलम्पिक खेलमध्ये सबैभन्दा उच्च, आकर्षक, बढी विदेशी पाहुना सहभागी भएको, नमूनाको रुपमा विश्वको ध्यान आकर्षित गर्न सफल छ, सम्बन्धित सामग्री सि.आर.आई नेपाली सेवाले प्रसारण गरेकोले हामीलाई पैचिङ पुगेको अनुभुति भइरहेको छ। सि.आर.आइ नेपाली प्रसारणले हाम्रो छट्पटीलाई शान्त बनाई दिएको छ। आफ्नो सम्पूर्ण क्षमता, जोश र जांगरको उपयोग गरी ओलम्पिक खेलको महत्वलाई नयाँ उंचाईमा पुर्याएको छ। यसका लागि मुरी मुरी धन्यवाद सि.आर.आईलाई। सि.आर.आइ नेपाली सेवाले हामीलाई चीन पुगेको जस्तो अनुभूति दिनुका साथै नौला-नौला जानकारी र पूर्ण सन्तुष्टी प्रदान गरिरहेको छ।
|