पैचिङ ओलम्पिक खेलकुद हिजो सफलताका साथ सम्पन्न भयो। यस उपलक्षमा धेरै नेपाली श्रोताहरुले हामीलाई इमेल पठाएर चीनलाई शुभकामना व्यक्त गरेका छन्। हाम्रा सक्रिय श्रोता अशोक अधिकारीले आफ्नो इमेलमा भन्नुभयोः
मैले हिजोको ओलम्पिक समापन समारोह हेरें। कार्यक्रम उत्कृ्ष्ट थियो। चीनले सफलतापूर्वक ओलम्पिक खेल सम्पन्न गरेको र बेलायतलाई हस्तान्तरण गरेको र आफ्नो जिम्मेवारी पूरा गरेको छ। खेलहरु एकदम राम्रोसँग सम्पन्न गरेर साथै खेलहरुमा गरेको चीनको उत्कृष्ठ प्रदर्शनप्रति सम्पूर्ण चिनियाँहरु साथै चीनका हितैसी मित्रहरुमा बधाइ दिन चाहन्छु।
हाम्रा अर्का सक्रिय श्रोता रमेश प्रसाद पौडेलले आफ्नो इमेलमा लेख्नुहुन्छः
यतिखेर चीनमा भइरहेको पैचिङ ओलम्पिक 2008 भव्यता एवम् सौहार्दपूर्ण ढंगले चराको गुंडभित्र एउटै विश्व एउटै सपना साकार भएको छ। संसारकै ध्यान खिचिने यस विश्व ओलम्पिक, चीनमा आयोजना गरी अत्याधुनिक प्रबिधि, सुन्दर प्रकृति र सुसंस्कृत सामाजिक सभ्यताद्वारा अरबौं मानिस प्रभावित भएको खबरले हामी एशियाबासी सबै गौरवान्वित भएका छौं। चिनियाँ खेलाडीहरुले अग्रिम सफलता हासिल गरेको खुशीयालीमा म यस इमेलद्वारा सि.आर.आई. नेपाली सेवामार्फत चिनियाँ मित्रहरुलाई हार्दिक बधाइ दिन चाहन्छु।
|