स व्छान् प्रान्तको शिक्षा विभागका प्रमुख थु वन् थाउले हिजो छङ् तुमा बोल्दै सेप्टेम्बर एक तारीखका दिन स व्छान् प्रान्तका भूइचालो प्रकोपग्रस्त क्षेत्रका झण्डै चौंतीस लाख विद्यार्थीहरुको पढाइ पूर्ण रुपमा सुरु भएको कुरा बताउनुभयो ।
स व्छान् प्रान्तमा सन् दुइ हजार आठ वर्षको शरद्कालीन् सत्र सम्बन्धी पत्रकार समारोहमा थु वन् थाउले बोल्दै चालु पढाइको पुनः सुरुवातको उद्देश्य कुनै पनि विद्यार्थीलाई प्रकोपको कारणले पढाइबाट बन्चित हुन नदिनु हो ।
यसअतिरिक्त कान् सु प्रान्तको लुन् नान् शहरको शिक्षा विभागबाट थाहा भएअनुसार अगष्ट एकतीस तारीखसम्म वन् व्छानको भूइचालोबाट प्रभावित शेन् सी प्रान्तले प्रकोपग्रस्त क्षेत्रका पांच हजार चार सय पचपन्न विद्यालयका सबै विद्यार्थीहरुलाई समयमा पढ्ने व्यबस्थाको प्रत्याभूति दिएको छ।
|