china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलाडीद्बारा पैचिङ्ग पारा ओलम्पिक गाउँको उच्च मूल्याङ्कन्
    (GMT+08:00) 2008-09-02 17:56:32    

             पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडी तथा पदाधिकारीहरु बस्ने ठाउँको हैसियतले पैचिङ्ग पारा ओलम्पिक गाउँले सम्पूर्ण खेलकुदको अवधिमा जम्मा एक सय अठचालीसवटा मुलुक तथा क्षेत्रका सात हजार जनाभन्दा बढी पाहुनाहरुको स्वागत गर्ने भएको छ। गत अगष्ट तीस तारिखका दिन औपचारिक रुपमा खुला भएयता पारा ओलम्पिक गाउँबाट प्रतिबिम्बित गरिएको "मानसिक हेर-विचार"को खेलाडी तथा पाहुनाहरुले उच्च मूल्याङ्कन् गर्ने गरेका छन्।

             पैचिङ ओलम्पिक गाउँ नै पैचिङ्ग पारा ओलम्पिक गाउँमा परिणत भएको छ। त्यस गाउँलाई अन्तर्राष्ट्रिय क्षेत्र, बसोबास क्षेत्र तथा सञ्चालित क्षेत्र गरी तीन भागमा विभाजन गरिएको छ। पारा खेलाडीहरुलाई उच्च गुणस्तरीय सेवा  प्रदान गर्नका लागि पारा ओलम्पिक गाउँले "मानसिक ख्याल-विचार"भन्ने विषयमा जोड दिएको छ।

             पारा ओलम्पिक गाउँमा जम्मा बयालीसवटा भवन छन्। पारा खेलाडीहरुको आवत-जावतल्लाई सुविधा दिनका लागि हरेक भवनका एकदेखि तीन तल्लासम्म मात्र खोलिन्छ। लिफ्टको द्बार पनि निकै फराकिलो छ। हरेक तल्ला पुग्ने बेला लिफ्टमा चिनियाँ तथा अँग्रेजी भाषाको जानकारी दिन सकिन्छ। यसले गर्दा दृष्टिबिहीन खेलाडीहरु बस्नका लागि पनि ज्यादै सुविधाजनक हुनेछ। खेलाडी बस्ने कोठाको ढोका सामान्य ढोकाको तुलनामा दश प्रतिशत फराकिलो छ। यस्तो सुविधाजनक डिजाइनको उच्च मूल्याङ्कन गर्दै स्लोभेनियाका खेलाडी जोजे फ्लेरेले यसरी भन्नुभयो:

              पारा ओलम्पिक गाउँको सेवा एकदमै राम्रो छ। जुनसुकै बेला र जहाँ पनि निकै राम्रो देखिन्छ। मेरो विचारमा यहाँको सेवा पाँच तारे होटेल जस्तै राम्रो छ। यहाँ जताततै एकदमै सफा देखिन्छ। यहाँको राम्रो वातावरणको ब्याख्या गर्न मलाई निकै गाह्रो भएको छ। तपाईं पनि यहाँ आएर हेर्नुहोला!

                खानेकुरासम्बन्धी सेवाको विषयमा पारा ओलम्पिक गाउँले खाद्यान्नको सुरक्षासम्बन्धी गम्भीर नियमको कार्यान्वयन गर्नुबाहेक, खेलाडीहरुको मुख्य भोजनालयमा ह्विल चेयर राख्ने विशेष क्षेत्र पनि खोलेको छ। पहिलेको ओलम्पिक गाउँ जस्तै पारा ओलम्पिक गाउँमा दिनभरि अर्थात् चौबीसै घण्टा सेवा प्रदान गरिन्छ। युक्रेनका ह्विल चेयर बास्केटबलका खेलाडी नास्टिया टिमोलेन्को यहाँको खानेकुरा तथा सेवा निकै मन पराउनुहुन्छ। उहाँ भन्नुहुन्छ:

               यहाँका खानेकुरा थरीथरीका छन्। देश र विदेशका मीठा खानेकुराहरु पनि यहाँ चाख्न सकिन्छ। रातो सुप, सलाद तथा पैचिङ्ग डक मलाई सबैभन्दा मनपर्छ।

               पारा ओलम्पिक गाउँले खाने, लाउने, हिंड्ने तथा बस्ने विषयमा खेलाडीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नुका साथै चिकित्साको प्रत्याभूति, सांस्कृतिक तथा मनोरञ्जनात्मक विषयमा पनि खेलाडीहरुको चाहनाको सम्मान गर्ने गरेको छ। पारा ओलम्पिक गाउँमा वैशाखी मर्मत केन्द्रको पनि स्थापना गरिएको छ। उन्नाईसवटा मुलुकका एक सय पचास जना पेशागत कामदारले जुनसुकै बेला नि:शुल्क रुपमा खेलाडीहरुलाई मर्मत लगायतका विभिन्न किसिमका सेवा प्रदान गर्ने गरेका छन्। पारा ओलम्पिक गाउँमा हुलाक अड्डा, पसल तथा चिनोका वस्तु बेच्ने बजार पनि छन्। ह्विल चेयरमा बस्ने खेलाडीहरु पनि सुविधासँग त्यहाँ किनमेल गर्नसक्नछन्। पसलमा चिनोवस्तुको छनौट गर्नुभएका लाट्भियाका पथ-मैदानका खेलाडी इटाली क्रासनोभाले हामीलाई जानकारी दिंदै भन्नुभयो:

               यहाँ निकै आनन्द र सुविधाजनक छ। पारा ओलम्पिक गाउँले स्थापनाको आरम्भमा खेलाडीहरुको चाहनाको सम्पूर्ण रुपमा ख्याल-विचार गरेको छ। मेरो विचारमा, यो गाउँ मैले भाग लिएका तीन पटकका पारा ओलम्पिक खेलकुदमध्येको सबैभन्दा राम्रो पारा ओलम्पिक गाउँ हो। पारा ओलम्पिक खेलकुदको संयोजन समितिले खेलाडीहरुको चाहनालाई पहिलो स्थानमा राखेको कुरा मलाई एकदमै राम्रो लागेको छ।

                प्राप्त जानकारीअनुसार, पारा ओलम्पिक खेलकुद अवधिमा त्यस गाउँमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु विशेषत: पारा कलाकारहरुका नृत्यहरु पनि देखाइने भएका छन्। त्यति बेला विश्वका विभिन्न स्थानका पारा खेलाडीहरुले ती रमाइला कार्यक्रममार्फत् आपसी आदान-प्रदानलाई मजबुत पार्नसक्नेछन्।

                 यसअतिरिक्त, पारा ओलम्पिक गाउँमा रहेका सबै कर्मचारी तथा स्वयम्- सेवकहरुले विशेष तालिम लिइसकेका छन्। पारा ओलम्पिक गाउँ खुलेको अवधि छोटो भए तापनि अधिकांश खेलाडी तथा पाहुनाहरुले ती कर्मचारी तथा स्वयम्-सेवकहरुको निकै प्रशंसा गर्ने गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040