आज पैचिङ पारा ओलम्पिक खेलकुद छैठौं दिनमा प्रवेश भएको छ। आज ट्रेक एण्ड फिल्ड, पौडीलगायत खेलमा चउन्न वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। आज चीनले टेबल टेनिस तथा ट्रेक एण्ड फिल्ड खेलमा रोचक प्रदर्शन गरी तेंतीसवटा स्वर्णपदक समेत गरी जम्मा छयान्नब्बे पदक प्राप्त गरी पदक तालिकामा पहिलो स्थान ओगटेको छ। बेलायत तथा अमेरिकाले सत्ताइस वटा स्वर्ण पदक तथा अठार वटा स्वर्ण पदक प्राप्त गरी पदक तालिकामा दोश्रो र तेश्रो स्थानमा रहेका छन।
आजसम्म पैचिङ पारा ओलम्पिक खेलकुदको आधा प्रक्रिया पुरा भइसकेको छ। आज स्वर्ण पदक मुख्य गरी ट्रेक एण्ड फिल्ड, पौडी तथा साइकल लगायत खेललाई प्रदान गरिनेछ। यथेन्स ओलम्पिक खेलकुदमा दुइ वटा स्वर्ण पदकका विजेता ली तुआनले लँग जम्प प्रतियोगितामा भाग लिनुहुनेछ। चीनका प्रसिद्ध पौडी खेलाडी वांग श्याउ फु लगायतका खेलाडीहरुले वाटर क्युबमा आयोजना हुने पौडी प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न प्रयास गर्नुहुनेछ।
|