चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज एउटा प्रतिवेदन सार्वजनिक गर्दै सुधार र खुलापन लागु भएको तीस वर्षमा चीनको मिश्रित राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय प्रभाव शक्ति कमजोरदेखि बलियोसम्म हेर्दा ठूलो परिवर्तन भएको कुरा बताएको छ ।
राष्ट्रिय तथ्यांक व्यूरोको प्रतिवेदनअनुसार यताका तीस वर्षदेखि चीनको जी डि पी विश्वको दशौं स्थानबाट बढेर चौंथो स्थानसम्म पुगेको छ । अहिले चीन खालि अमेरिका , जापान र जर्मनीको पछाडि रहेको छ । चीनको कूल आर्थिक परिमाणले विश्वको अर्थतन्त्रमा ओगटेको स्थान सन् उन्नाइस सय अठहत्तर वर्षको एक दशमलब आठ प्रतिशतबाट बढेर सन् दुई हजार सात वर्षको छ प्रतिशतसम्म पुगेको छ।
उक्त प्रतिवेदनका अनुसार चिनियाँहरुको प्रतिव्यक्ति वार्षिक आय सन् उन्नाइस सय अठहत्तरको एक सय नव्वे अमेरिकी डलरबाट बढेर सन् दुई हजार सात वर्षको दुई हजार तीन सय साठी अमेरिकी डलर पुगेको छ । विश्व बैंकको मापदण्डका अनुसार चीन तल्लो आम्दानी हुने मुलुकबाट विश्वको मझौला आम्दानी हुने मुलुकसम्म बन्न पुगेको छ ।
|