चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख मु हुंगले आज पैचिंगमा बोल्दै यस वर्षको चौथो त्रिमासिकमा थपिने एक खर्ब चिनियाँ युआनमा केन्द्रीय लगानीमा चौंतीस अर्ब चिनियाँ युआनलाई ग्रामीण क्षेत्रमा नागरिको जीवनसम्बन्धी परियोजना तथा आधारभूत प्रबन्धको निर्माणमा प्रयोग गरिने कुरा बताउनुभयो।
यसका साथै उहाँले केन्द्रीय सरकारको आर्थिक नीतिको परिवर्तनबाट केन्द्रीय सरकारले अर्थतन्त्रको स्थीरताको संरक्षण गर्ने र बृद्धि कायम राख्ने अडिग निर्णय तथा विश्वास देखिएको कुरामा जोड दिनुभयो।
|