चिनियाँ जनस्रोत तथा सामाजिक प्रत्याभूति विभागका मन्त्री यिन वै मिनले आज पैचिङमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिले स्वदेशमा रोजगारीको परिस्थितिमा पारेको प्रभावको सामना गर्न चीनले सक्रियताका साथ प्रभावकारी कदम चालिरहेको कुरा वताउनुभयो।
चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यिन वै मिनले उक्त कुरा वताउनुभएको हो। आगामी वर्षमा शहरमा हुने बेरोजगारी दर अझ बृद्धि हुनसक्ने कुरा पनि उहाँले वताउनुभयो।
श्री यीन वै मिनका अनुसार, अहिलेसम्म ठूलो पैमानामा कर्मचारीहरुको संख्या घटाइएको तथा किसानहरु घरबार फर्केका कुरा देखापरेको छैन। हाल सरकारको सम्बन्धित विभागले यस कुरालाई उच्च ध्यान दिइरहेको र किसानहरुलाई काम खोज्नका लागि निर्देशन तथा सेवा उपलव्ध गराउने छ।
|