सन् 1978 को डिसेम्बर अठार तारिखदेखि बाइस तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलन पैचिङमा आयोजित भयो। नयाँ चीनको स्थापना भएदेखि यता चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा यो ठूलो अर्थ रहेको महत्वपूर्ण सम्मेलन हो। यस बैठकमा चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ बाटोको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। त्यसले सुधार र खुलापनको इतिहासको नयाँ अवधि सिर्जना गरेको छ। चीनको विभिन्न कार्यमा त्यसपछिका तीस वर्षमा महान उपलव्धी हासिल गरिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलनको आयोजना भएको तीस वर्षको उपलक्ष्यमा आज आयोजित विशेष समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष हु चिन थाउले वितेका तीस वर्षदेखि चीनले सुधार र खुलापनको नीति लागू गरेको तथा आधुनिकिकरणको निर्माण गरेको शिलशिलामा हासिल गरेका उपलव्धी तथा अनुभवलाई निचोड निकाल्नुभएको छ। उहाँका अनुसार, चीनले लागू गरेको सुधार तथा खुलापन नीति जनताको इच्छासँग अनुकुल रहेको तथा युगको विकाससँग मेल खाएको छ। चीनले सुधार र खुलापन तथा समाजवादी आधुनिकिकरण कार्यलाई अघि बढाउनुपर्छ। अब यस सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।
चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलनको आयोजना भएको तीस वर्षको उपलक्ष्यमा आज आयोजित विशेष समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सम्बोधन गर्नुभयो। उहाँले सर्वप्रथम गत तीस वर्षअघि आयोजित सम्मेलनको उच्च मूल्याँकन गर्नुभयो।
सन् 1978 को डिसेम्बर अठार तारिखदेखि बाइस तारिखसम्म अर्थात तीस वर्षको आज चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलन पैचिङमा भव्यताका साथ आयोजित भयो। त्यस सम्मेलनले नयाँ चीनको स्थापना भएदेखि यता हाम्रो पार्टीको इतिहासमा गहन अर्थ भएको महान मोडलाई साकार तुल्याउनुका साथै हाम्रो देशको सुधार र खुलापनको नयाँ इतिहास सिर्जना गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन कहाँ जाने भन्ने महत्वपूर्ण अवधिमा आयोजित भएको हो। त्यस सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीले "वर्ग संघर्षलाई केन्द्रित स्थानमा राख्ने" नीतिलाई अन्त्य गरी विचारलाई मुक्ति गर्ने, वास्तविक कुरा बमोजिम काम गर्ने निर्देशक कार्यनीतिको तर्जुमा गरेको थियो। यसका साथै चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी तथा मुलुकको कार्यको महत्वपूर्ण विन्दुलाई आर्थिक निर्माणमा राखेर सुधार तथा खुलापनको नीति लागू गर्ने ऐतिहासिक निर्णय गरेको थियो। त्यसपछि चीनमा ठूलो परिवर्तन भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो सम्मेलनको आयोजना भएदेखि यता चीनमा योजनामुखी आर्थिक व्यवस्थाबाट जिवन्त शक्ति भरिएको समाजवादी बजारमुखी आर्थिक व्यवस्थामा परिणत भइसकेको छ। त्यसका अतिरिक्त, चीनले राजनीतिक, सांस्कृतिक, सामाजिक तथा अरु पक्षको व्यवस्थाको सुधारलाई गहन पारी वर्तमान चीनको राष्ट्रिय परिस्थितिसँग अनुकुल रहेको नयाँ व्यवस्थाको स्थापना गरेको छ। जसले आर्थिक विकास तथा सामाजिक मेलमिलाप तथा स्थिरताका लागि प्रत्याभूति दिएको छ।
सुधार तथा खुलापनको नीतिले चीनलाई महान उपलव्धी प्राप्त गराएको छ। वितेका तीस वर्षदेखि चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा प्रति वर्ष दश प्रतिशतबाट माथि जाने बृद्धि दर जारी राखिनुका साथै चीनको आर्थतन्त्रको कूल मात्राले विश्वको चौथो स्थान ओगटेको छ। ग्रामीण क्षेत्रमा भएका गरिबीहरुको संख्या पचीस करोडदेखि एक करोड चालीस लाखसम्म घटेको छ।
श्री हु चिन थाउले आफ्नो सम्बोधनमा सुधार तथा खुलापनको नीति लागू भएको प्रक्रिया तथा त्यसबाट हासिल गरिएका उपलव्धीबाट सुधार तथा खुलापन नै वर्तमान चीनको भाग्यलाई निर्धारण गर्ने निर्णायक छनौट हुनुका साथै चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने तथा चीन राष्ट्रको महान पुन:रुत्थानलाई साकार तुल्याउने आवश्यक बाटो प्रमाणित भएको कुरा वताउनुभयो।
सुधार तथा खुलापनको नीति चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताको इच्छासँग अनुकुल मात्र नभई युगको विकासको प्रवाहसँग मेल खाएको छ। सुधार तथा खुलापनको दिशा तथा बाटो पूराका पूरै ठीक रहेको छ।
नयाँ अन्तर्राष्ट्रिय तथा स्वदेशी परिस्थितिमा चीनले सुधार र खुलापन तथा समाजवादी आधुनिकिकरण कार्यलाई निरन्तर रुपमा अघि बढाउनुपर्ने कुरामा श्री हु चिन थाउले गर्नुभयो।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गहन रुपमा परिवर्तन भएको अवस्थामा हामीले आर्थिक निर्माणलाई निरन्तर रुपमा केन्द्रिय स्थानमा राख्नुपर्छ। हामीले आन्तरिक मांगलाई बढाउने तथा आर्थिक विकासलाई अघि बढाउने विभिन्न कदम राम्रोसँग चाल्ने छौं।
|