जनवरी एक नयाँ वर्षका उपलक्ष्यमा जन दैनिकले एक शुभकामना सन्देश प्रकाशित गरेको छ। सो सन्देशमा चीनले सुधार र खुलापनको तीस वर्षको शानदार उपलव्धिद्बारा अति असामान्य 2008 साललाई विदाई गरेको छ र चिनियाँ विशेषतायुक्त समाजवादी महान कार्यको ठूलो विकासलाई सर्वतोमुखी रुपमा घच्घच्याउने दृढ संकल्प संगालेर नयाँ वर्षको स्वागत गरिरहेको कुरा उल्लेख छ।
सो शुभकामना सन्देशले निरंतर रुपमा विचारधारालाई मुक्त पार्दै सुधार र खुलापनको नीतिमा अडिग भएर लागिरहँदै वैज्ञानिक विकासलाई घच्घच्याउँदै मेलमिलापपूर्ण समाजको प्रबर्द्धन गर्दै झन ठूलो सफलताद्बारा नयाँ चीनको साठीऔं स्थापना दिवसलाई भव्यबनाउने कुरा पनि उल्लेख गरेको छ।
|