विदेशमा पढ्ने चिनियाँ विद्यार्थीको अनुगमन कार्यालयका प्रमुख लि ख सिनले हालै हाम्रा सम्वाददातासँग कुराकानी गर्दै वितेका तीस वर्षदेखि यता विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरुको कूल संख्या तेह्र लाख साठी हजार जना पुगेको छ भने तीमध्ये पढाई सिध्यएर स्वदेश फर्केकाहरुको संख्या तीन लाख सत्तरी हजार जना पुगेको जानकारी दिनुभएको छ।
श्री लि ख सिनका अनुसार, हाल विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरु एक सय नौ वटा मुलुक तथा क्षेत्रमा रहेका छन्। तिनीहरु चीन विश्वका अरु मुलुकसँग सम्पर्क गर्ने महत्वपूर्ण पूल बनिसकेका छन्। वितेका केही वर्षदेखि यता स्वदेशमा फर्केका चिनियाँ विद्यार्थीहरुको बृद्धि दर हरेक वर्ष तेह्र प्रतिशत भन्दा बढी पुगेको छ। उनीहरु क्रमश:चीनको निर्माण गर्ने महत्वपूर्ण शक्ति बनिसकेका छन्।
|