चीनका गाउँबस्तीमा हालको सांस्कृतिक स्तर झण्डै पैंत्तालिस प्रतिशत रहेको छ। सन 1978 मा सो स्तर अठार प्रतिशत मात्र थियो।
चीनको आबास तथा गाउँबस्तीको निर्माण मन्त्रालयको तथ्याँक अनुसार हाल चीनमा शहरहरुको संख्या जम्मा छ सय पच्पन्न रहेको छ। ती शहरहरुमा खाने पानीको प्रयोग दर तथा फोहोर पानीको प्रशोधन दर आदि ठूलो परिमाणमा बृद्धि हुँदै आएको छ। शहरका बासिन्दाको जीवन स्तर स्पष्टताका साथ सुधार हुँदै आएको देखिन्छ।
यसका साथै चीनका साना गाउँबस्तीको विकास पनि तिब्र हुँदै आएको छ। हाल गाउँबस्तीहरुको कूल संख्या उन्नाईस हजारभन्दा बढी पुगेको छ। गाउँमा रहेका अतिरिक्त श्रमिक शक्तिको रोजगारी तथा कृषि व्यवसायको विकासका लागि यी गाउँबस्तीले निकै महत्वपूर्ण भूमिकाको निर्वाह गरेका छन।
|