china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोताला दरबारको फेदीमा पर्ने स्वे छंग ‌को प्राचीन बास्तु सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-02-16 14:51:45    

                  चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा पर्ने पोताला दरबार विश्वमै प्रसिद्ध छ। त्यसको फेदीमा पर्ने सम्पूर्ण बास्तुहरुलाई स्वे छंग भनिन्छ। तिब्बती भाषामा स्वेको अर्थ पहाडमा पर्ने दरबारको ठीक तल पर्ने गाउँ भन्ने हो। स्वे छंग पोताला दरबारको एउटा महत्वपूर्ण अङ्ग हो। त्यसको इतिहास पोताला दरबारको जस्तै लामो छ।

                   स्वे छंगको क्षेत्रफल लगभग पचास वर्गमिटर छ। त्यसको मुख्य बास्तुहरुमा पुरानो तिब्बतको स्थानीय सरकारको कार्यालय, भिक्षु र अन्य केही कर्मचारीको आवास र केही सेवा प्रबन्ध समावेश छन। यसबारे चर्चा गर्दै तिब्बत स्वायत्त प्रदेशको पुरातात्विक वस्तु ब्यूरोका उप-प्रमुख शान्चंग लांगचेले भन्नुभयोः

                  "स्वे छंग विश्व सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिएको पोताला दरकारको एउटा मुख्य अङ्ग हो। यसमा बास्तु र संस्कृतिसम्बन्धी विविध विषय सुरक्षित छ। यो नै तिब्बती श्रमिक जनताले सिर्जना गर्ने इतिहासको प्रतीक हुनुका साथै पुरानो तिब्बतको सामाजिक, आर्थिक तथा सांस्कृतिक नमूना पनि हो। यसमा पुरानो तिब्बतको सामन्तवादी भूदास व्यवस्था प्रतिबिम्बित भएको छ।"

                  श्री शान्चंग लांगचेले दिनुभएको जानकारीअनुसार, स्थानीय सरकारले सांस्कृतिक वस्तुको संरक्षणबारे चीनको सम्बन्धित कानून तथा नियम र विश्व सम्पदा सन्धिबमोजिम त्यसको इतिहास, संस्कृति र कलाको मूल्यबारे यथेष्ठरुपमा अध्ययन तथा टिप्पणीका आधारमा योजनाअनुसार चरणगत रुपमा स्वे छंगको संरक्षण तथा उपयोग परियोजनाको कार्यान्वयन गरेको छ। विगत केही वर्षदेखि यता सम्बन्धित विभागले सात करोड चिनियाँ युआनको लगानीमा स्वे छंगका बाईसवटा प्राचीन बास्तुको संरक्षण गर्नुका साथै पोताला दरबारको स्वे छंगको संरक्षण तथा उपयोग योजना तर्जुमा गरेको छ।

                  स्वे छंगको पहिलो चरणको मरम्मत संरक्षण योजनापछि पुरानो तिब्बतको सरकारको कार्यालय, झ्यालखाना, अपराधीलाई सजाय दिने स्थल, र उच्च तहका भिक्षुको घर तथा आँगन आदि एघारवटा प्राचीन बास्तुलाई सर्वसाधारणका लागि खुला गरिएको छ। यसबाट थुप्रै पर्यटकको ध्यानाकर्षण गराइएको छ। यसबारे चर्चा गर्दै पोताला दरबारको स्वे छंगका जिम्मेवार व्यक्ति श्रीमती यांगचिन चोकाले भन्नुभयोः

               "हामीले क्रमशः पोताला दरबारको अमूल्य सामान गृह र खाद्यान्न भण्डारको भग्नावशेष लगायत तीनवटा प्राचीन बास्तुलाई खुला गरेका छौं। मरम्मत गरिएको नयाँ स्वे छंगको ऐतिहासिक अवस्थाको पुरानो अवस्था बमोजिम मरम्मत गरिने सिद्धान्तमा संरक्षण गरिएको छ। यसका साथै हामीले विशेषतायुक्त र जैविक प्रदर्शनी गृहलाई पनि खुला गरेका छौं। यसबाट तिब्बतमा भएको नयाँ परिवर्तन प्रतिबिम्बित भएको छ। हालसम्म यहाँ घुम्नआएका पर्यटकहरुको संख्या झण्डै दश हजार पुगेको छ।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040