चिनियाँ राष्टि्रय जनकंग्रेस चीनको सर्वोच्च विधायीकी निकाय हो भने चिनीयाँजनराजनैतिक परामर्श दात्रि सम्मेलन चीनमा स्थापित विभिन्न राजनैतिक पार्टीहरुका बीचमा समन्वय गर्ने बहुदलिय प्रतिनिधी मुलक निकाय हो । यी दुवै संस्थाले आफ्नो स्थापना काल देखी नै चीन र चीनीयाँ जनताको सम्मुन्नत हित एवंम विकासका लागी अहम् भुमिका निर्वाह गरेका छन् जसको फलस्वरुप 50 वर्ष अगाडीको एउटा कमजोर र आर्थिक संकटले ग्रस्त चीन आज विश्वका धनी मुलुकहरु मध्ये एक भएको छ । पश्चिमी देशहरुले कल्पनै गर्न नसकेको विषयलाई चीनले व्यवहारमा उतारी छिन्हाई तिब्बत रेल मार्गको निर्माण गरेको छ । पेइचिङ्ग ओलम्पीक 2008 भव्य रुपमा सम्पन्न भएको छ भने अन्तरिक्ष विज्ञानमा समेत चीनले उच्च सफलता हासिल गरेको छ । यीनै परिवेशहरु सँगै चीनीयाँ जनताको एकता र भावनाको प्रतिनिधीत्व गर्ने प्रतिनिधी मुलक संस्था चिनीयाँ राष्टि्रय जनकंग्रेस र चिनीयाँ जनराजनैतिक परामर्श दात्रि सम्मेलनको बार्षिक अधिवेशन पेइचिङ्गमा शुरु भैरहेको छ । म सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको सदस्य र एक नेपाली नागरिकको हैसियतमा यी दुवै निकायको बार्षिक सम्मेलनको पुर्ण सफलताको कामना व्यक्त गर्दै आर्थिक मन्दीले ग्रस्त विश्वमा नयाँ उर्जा थप्न यो सम्मेलनले ठोस नीति र निर्णय ल्याउन सकोस भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हुमबहादुर खड्का
संयोजक प्रचार प्रसार समिती
सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल
|