चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले आज बोल्दै धार्मिक क्षेत्रका राजनैतिक सदस्यहरुले सक्रियतासाथ धार्मिक व्यक्ति र धर्म मान्ने अधिकांश सर्वसाधारणहरुलाई डोर्याएर संयुक्त रुपमा आर्थिक सन्तुलनको विकास र समाजको मेलमिलाप तथा स्थिरतालाई घच्घच्याउनसक्ने आशा व्यक्त गर्नुभयो।
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन हिजो पैचिङ्गमा शुरु भएको छ। श्री च्या छिङ्ग लिनले आजै धार्मिक क्षेत्रका राजनैतिक सदस्यहरुसँग विचार-विमर्श गर्नुभएको छ।
|