चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यस वर्ष चीनको अर्थतन्त्रको स्थीर तथा अपेक्षाकृत द्रूत विकासको प्रत्याभूत गर्नका लागि राष्ट्रभरीका विभिन्न पक्षका मानिसहरुले दृढ विश्वास लिएर कठिनाइको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले आज पैचिंगमा चीनको प्रजातान्त्रिक संघ र चीनका प्रजातान्त्रिक प्रबर्द्धन समितिका राजनैतिक सदस्यको छलफलमा भागि लिंदै उक्त कुरा बताउनुभएको हो।
छलफलका क्रममा राष्ट्राध्यक्ष हुले अन्नबालीको सुरक्षा, ग्रामीण क्षेत्रको शिक्षा, नयाँ ऊर्जा श्रोतबाट संचालित गाडि आदि विषयबारे सदस्यहरुसित बैचारिक आदानप्रदान गर्नुभयो।
|