चालु वर्ष चीनमा रक्षा क्षेत्रमा गरिने व्यय रकम चार खर्ब बहत्तर अर्ब छयासी करोड सत्तरी लाख चिनियाँ पुग्नेछ। जुन संख्या गत सालको तुलनामा 15.3 प्रतिशत बढी हो।
सन् 2009 मा चीनको केन्द्रीय र स्थानीय बजेट- प्रतिवेदनको मसौदा अनुसार उक्त रकम सैनिक अधिकारी तथा जवानहरुको जीवन-स्तरको सुधार, सेनाको सूचनाकरण तथा प्रकोप तथा संकटको उद्धार आदि क्षेत्रमा प्रयोग गरिने भएको छ।
चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनका झण्डै तीन हजार सहभागी प्रतिनिधिहरुले उक्त प्रतिवेदनमाथि लेखाजोखा तथा अनुमोदन गर्ने कार्यक्रम रहेको छ।
|