सन् दुइ हजार आठमा चीनबाट कृषि,गाउँघर,किसानमाथि लगाइएको लगानी यसअघिको भन्दा झण्डै चालीस प्रतिशतले वृद्धि
(GMT+08:00)
2009-03-05 10:04:09
सन् दुइ हजार आठमा चीनको केन्द्रीय सरकारले कृषि , गाउँघर र किसानमाथि गरेको लगानी पाँच खर्ब पन्चानव्वे अर्ब पचास करोड चिनियाँ युआन् पुगेको छ । जुन 2007 को भन्दा सैँतीस दशमलब नौ प्रतिशत बढी हो । आज बिहान चीनका प्रधानमन्त्री वन् च्या पाउले चीनको एघारौं राष्ट्रिय जन कांग्रेसको दोस्रो महाधिवेशको उद्धाटन समारोहममा सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दा उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। श्री वन् च्या पाउका अनुसार कृषि , गाउँघर र किसानका सम्बन्धमा चीनले लागू गरेको नीति र कदमले किसानको सक्रियतालाई संरक्षण र परिचालन गर्न , महत्वपूर्ण कृषि उत्पादनको आपूर्तिलाई प्रत्याभूति दिन र किसानको आम्दानीलाई माथि उकास्नेतर्फ महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसले आर्थिक र सामाजिक विकासको समष्टिगत परिस्थितिलाई स्थिर पार्नका लागि सशक्त आड-भरोसा उपलव्ध गराएको छ ।