विदेशी सञ्चार-माध्यमहरुले हिजो छुट्टा-छुट्टै रुपमा गत तीन तारिखका दिन शुरु भएको एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनको समाचार प्रकाशित गर्नुका साथै सारा विश्वको बैकिङ्ग संकटको पृष्ठभूमिमा चीनले भित्री चाहनालाई उत्तेजित पार्न र नागरिक मामिलाको सुधार गर्नका लागि चालेको कदमप्रति निकै ध्यान दिएका छन्।
जापानी "अशाही सिम्बुन"ले जनाएअनुसार, राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशनमा प्रस्तुत गरिएका प्रस्तावहरुमध्ये प्रायजसो आर्थिक विषयका छन्।
सिन्गापूरको लेन ह चाउ पाउ अखवारले एउटा सम्पादकीय प्रकाशित गर्दै बैकिङ्ग संकटका कारण यस वर्षको चीनका दुई अधिवेशन विश्वको ध्यानाकर्षण विषय बनिसकेको कुरा जनाएको छ।
|