चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलन तथा राष्ट्रिय जन कांग्रेसको नियमित वार्षिक सम्मेलन तीन तारिख र पाँच तारिखका दिन छुट्टाछुट्टैरुपमा पैचिंगमा शुरु भयो। हंगकंगका विभिन्न मुख्य संचार माध्यमले बेग्ला बेग्लै रुपमा समाचार सम्प्रेशण गरी बैंकिङ संकटको सामना गर्ने चीन सरकारका विभिन्न कदम र हंगकंग तथा मकाउ क्षेत्रसम्बन्धी विषयबारे मुख्यतः प्रकाश पारेको छ।
"मिंग पत्रिका" र "हंगकंग अर्थतन्त्रसम्बन्धी दैनिक पत्रिका"ले अर्थतन्त्रलाई तेज गराउने केन्द्रीय सरकारको कदम र राष्ट्रिय नेतागण तथा हंगकंग मकाउको प्रतिनिध बीचको वार्तासम्बन्धी विषयबारे महत्वका साथ समाचार प्रकाशित गरेको छ।
|