पैचिङ्गमा भैरहेको एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनले आज दिउँसो दोस्रो पूर्ण बैठकको आयोजना गर्यो।
श्री स्यु शान ता लगायत राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका जम्मा सोह्रजना सदस्यले आर्थिक निर्माण, नागरिकको उपभोग्य क्षमताको प्रवर्द्धन, आर्थिक सिर्जनशीलता, मझौला र स-साना बैकिङ्ग संस्थाको निर्माण र नयाँ उर्जा-स्रोतको विकास आदि विषयबारे आ-आफ्नो राय-सुझाव प्रस्तुत गर्नुभएको छ।
प्राप्त जानकारीअनुसार, राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन आयोजित हुने अवधिमा बिभिन्न बैठकहरुको आयोजना गर्नु नै सारा देशका राजनैतिक दलका सदस्यहरुले राजनैतिक मामिलामा भाग लिनुका साथै आ-आफ्नो कर्तब्य बहन गर्ने महत्वपूर्ण तरिका पनि हो।
|