शाङ्गहाइ एक्स्पो कार्यकारी समितिका उप-प्रमुख चौ हान मिनले आजसम्म एक सय पचासी वटा मुलुक तथा छयालीस वटा अन्तर्राष्ट्रिय संगठनले शाङ्गहाइ एक्स्पोमा भाग लिन निश्चित गरिसकेको र एक्स्पोको एक सय अन्ठाउन्न वर्षको इतिहासमा नयाँ रेकर्ड सिर्जना हुने जानकारी दिनुभएको छ।
उहाँले आज पैचिङ्गमा आयोजित चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा जनाउनु भएको हो।
उहाँका अनुसार, शाङ्गहाइ एक्स्पोमा भ्रमण गर्नेहरुको संख्या सात करोड जति पुग्ने र तीमध्येका पाँचदेखि दश प्रतिशत विदेशी पर्यटक हुने अनुमान गरिएको छ।
थाहा भएअनुसार, शाङ्गहाइ एक्स्पो 2010 सन् 2010 को मे एकदेखि अक्टोबर एकतीससम्म आयोजना हुने भएको छ।
|